कञ्चनपुरका युवा निर्माण व्यवसायी भट्टलाई गोल्ड अवार्ड

121
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका एक युवा निर्माण व्यवसायीलाई गोल्ड अवार्ड प्रदान गरिएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका कोषाध्यक्ष समेत रहेका नेशनल कष्ट्रक्सन प्रालिका निर्देशक दिपक भट्टलाई गोल्ड अवार्ड प्रदान गरिएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय कार्य समितिको काठमाण्डौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित २४ औँ बार्षिक साधारण सभामा निर्माण व्यवसायी भट्टलाई उत्कृष्ठ निर्माण व्यवसायी फर्म पुरस्कार प्रदान गरिएको छ ।

देशैभरिबाट एक्ला युवा निर्माण व्यवसायी भट्टले गोल्ड अवार्ड ०७९ पाएका हुन । युवा निर्माण व्यवसायी भट्टले उत्कृष्ठ पुरस्कार पाएसंगै निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्तर प्रशाद भट्टले बधाई तथा शुभकामना दिएका छन ।

निर्माण व्यवसायी भट्टले पुरस्कार पाएसंगै उत्साहित बनाएको बताउँदै आगामी दिनमा थप जिम्मेबारी थपिएको बताए । युवा निर्माण व्यवसायी भट्ट कञ्चनपुर कैलाली सहितका विभिन्न जिल्लाका सरकारी कार्यालयबाट समयमै गुणस्तरिय, उत्कृष्ठ काम गरेको भन्दै पुरस्कार, सम्मान पाउँदै आएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार