सुकुम्वासीका समस्या छिट्टै समाधन गरिदिन बेलडाँडी गा.पा.मा राष्ट्रिय भूमि अधिकार मञ्चको ज्ञापन पत्र

107
VIEWS

बेलडाँडी,
बेलडाँडीमा रहेका सुकुम्वासीहरुका समस्या समाधान गरिदिन राष्ट्रिय भूमि अधिकार मञ्च कञ्चनपुरले ज्ञापन पत्र बुझाएको छ ।

 

मञ्जले हिजो गाउँपालिका प्रमुख, उपप्रमुख लगायतहरुका जनप्रतिनिधीहरुलाई विभिन्न माग गर्दै ज्ञापन पत्र बुझाएको मञ्चका सुदूरपश्चिम सचिव राम बहादुर चुनाराले जानकारी गराउनु भयो ।

उहाँका अनुसार मञ्चका जिल्ला अध्यक्ष कर्ण बानियाको संयोजकत्वमा ७ बुदे माग सहित ज्ञापन पत्र बुझाएको बताए । अन्य ६ पालिकामा समेत ज्ञापन पत्र बुझाउने कार्य रहेको चुनाराले बताउनु भयो ।

ज्ञापन पत्र बुझदै पालिका अध्यक्ष हरिशचन्द्र रानाले सुकुम्वासीहरुको समस्या समाधान गरिने बताउनु भयो । पालिकाले वास्तविक सुकुम्वासहीहरुको पहिचान गरि उनीहरुको व्यवस्थापनका लागि पछि नहट्ने वहाँहरुलाई आवसवासन दिनु भयो । सेतो पुर्जा भएका ८ परिवारलाई रातो पुर्जा दिईसेको बताउदै अवका १ बर्ष भित्र सबै समस्या हल गर्न आफुहरुको टिम लागि परेको रानाले बताउनु भयो । रानाले भने सकारात्मक कार्यकालागि आफु र आफ्नो टिमलाई सबैपक्षबाट सहयोग गर्न आग्रह गर्नु भयो ।

का समस्या छिट्टै समाधन गरिदिन बेलडाँडी गा.पा.मा राष्ट्रिय भूमि अधिकार मञ्चको ज्ञापन पत्र

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार