भीमदत्त नगरपालिकाका मेयर र उपमेयर फोटो सेशनमै नगरमा बेथितिको चाङ, नागरिक हैरान

30
VIEWS

महेन्द्रनगर:
कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक सहभागी कार्यक्रमका तस्वीर सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

 

कहिले घाँस काट्न जंगलतिर परेको देखिन्छ भने कहिले होटलका सुविधा सम्पन्न सभाहलमा बैठक गरिरहेका देखिन्छन् । मेयर, उपमेयरको औपचारिक सक्रियताबीच नगरपालिकाको मुटु भीमदत्त बजार क्षेत्रमै थुप्रै विकृति देखिने गरेका छन् ।

अर्बाैंको ऋण लगानीमा निर्माणाधीन शहरी विकास परियोजनाको सडक पूर्वाधार होस् वा नगरभित्रको आन्तरिक प्रशासन, जताततै बेथितिको चाङ देखिन्छ । जनस्तरमा छताछुल्ल भइसकेका यस्ता बेथितिको समाधानमा मेयर, उपमेयरले प्रभावकारी नतिजा देखाउन सकेका छैनन्, बरु कर्मकाण्डी अनुगमन, छलफल र अन्तक्रिया गरेको देखिन्छ ।

महेन्द्रनगर बजार क्षेत्रका स्थानीय भुवन धामी ले मेयर, उपमेयरले काम गरेर देखाउन नसकेको गुनासो गरे । ‘हाम्रा मेयर, उपमेयरको अनुगमनको नौटंकी खुबै देखिन्छ ।

तर ठेकेदारले मनपरी रूपमा गुणस्तरहीन काम गरिरहेको छ, नगरपालिकाले बेथिति रोक्न सकेको छैन् । कतै मिलेमतो त छैन ?’ उनले प्रश्न गरे ।

हामीले सुदार गर्न भनेका छाैं, गुनासो आउँछ गुनासो सुन्नु पर्ने हाम्रो दायित्व हो । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

नगर क्षेत्रमा हुने विकासमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । तैपनि मेयर बोगटीले कुनै प्रभावकारी सक्रियता देखाउन सकेका छैनन् । मेयर बोगटी नेतृत्वमा आएपछि कुनै रचनात्मक योजना र कार्यक्रम पनि लागू गर्न सकेका छैनन् ।

पुरानै योजना र कार्यक्रम पनि बोगटीको नेतृत्वमा विवादित बनिरहेका छन् । नगरपालिकाको बेथितिबारे सञ्चारमाध्यमले प्रश्न गर्दा मेयर बोगटी जवाफ नदिई भाग्ने गरेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार