बेलडाँडीमा साझा अभ्यास बारे अन्तरक्रिया

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा साझा अभ्यास बारे अन्तरक्रिया गरिएको छ ।

 

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एव बेलडाँडी गाँउपालिकाको सह आयोजना र सुशासन लागि क्षमता कार्यक्रमको प्राविधिक सहयोगमा अन्तरकृया गरिएको हो । आइतबार गाँउपालिकामा कैलाली कञ्चनपुरका विभिन्न पालिका उपप्रमुखको उपस्थितिमा साझा अभ्यास बारे अन्तर्रकृया गरिएको छ ।

बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले पालिका उपप्रमुखविच अनुभाव आदान प्रदानका साथै पालिकाबाट सेवा सुविधा चुस्तदुरुस्त बनाउनका लागि कार्यक्रम गरिएको बताए ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेकी उपप्रमुख नाथले महत्वपूर्ण छलफल एव राजस्व मेलमिलाप, राजस्व बारे छलफल गरिएको बताईन । उनले जनशक्ति आवश्यक रहेको औल्याईन ।

कार्यक्रममा सहभागि उपप्रमुखहरुले समन्वय गरेर जनताको कामकाजमा जोडदिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले उपप्रमुख, प्रमुखविच समन्वय सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोडदिए । बेलडाँडी गाँउपालिका हलमा भएको कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न पालिका उपप्रमुखको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित