एमाले विद्यार्थी युवा नेता पौडेल संसद तामाङ्गको स्वकीय सचिवमा नियुक्त

158
VIEWS

बेलडाँडी,
नेकपा एमाले निकट विद्यार्थी युवा नेता ईन्द्र पौडेल प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गको स्वकीय सचिवमा नियुक्त भएका छन ।

अनेरास्ववियुका केन्द्रीय नेता समेत रहेका बेलडाँडी वासी पौडेल प्रतिनिधी सभा सदस्य तामाङ्गको स्वकीय सचिवमा नियुक्त भएका हुन ।

गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा प्रधानमन्त्री प्रचण्डकि बुहारी विना मगरलाई भारी मतले हराउदै तामाङ्ग प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

संसदहरुलाई चुनाव जित्नु अघि नेता कार्यकर्ता चाहिने जितेपछि आफन्तलाई स्वकीय सचिव राख्दै आएको परम्परा तोड्दै संसद तामाङ्गले बेलडाँडीका युवा नेता पौडेलाई स्वकीय सचिव राखेका छन ।

अहिले सम्म कुनै पार्टीका नेताले बेलडाँडी देखि स्वकीय सचिव राखेका थिएनन् । चुनावका बेला सबै पार्टीले बेलडाँडी क्षेत्रका युवाको धेरै प्रयोग गर्ने र चुनाव जितिसकेपछि लात हान्ने परम्पराको तामाङले अन्त्य गरिदिएका छन् ।

नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित दिवान सिंह बिष्टले समेत बेलडाँडी क्षेत्रबाट स्वकीय सचिव राख्नु पर्ने बेलडाँडीका अधिकांश कांग्रेसीहरूको भनाइ छ ।

झण्डै डेढ दशकदेखि अनेरास्ववियुको राजनीतिमा सकृय रहेका पौडेल ईन्जिनियर पनि हुन । अनेरास्ववियु केन्द्रीय कमिटिमा चर्चित रहेका पौडेल प्रतिनिधी सभा सदस्य तामाङ्गको स्वकीय सचिवमा नियुक्त भएसंगै बेलडाँडी सहित समग्र कञ्चनपुर क्षेत्र १को बृद्धि विकास युवाका समस्या समाधानका लागि अपेक्षा गरिएको छ ।

पौडेल स्वकीय सचिवमा नियुक्त भएसंगै उनका सहकर्मी हर्षित हुँदै बधाई तथा शुभकामनाको ओईरो दिईरहेका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार