कञ्चनपुर,
नेपाल कम्युनिष्ट पाटी(नेकपा बहुमत)ले कञ्चनपुरका लघु वित्तका कार्यालयमा तालाबन्दी गरिहेको छ ।
चैत्र पहिलो सातादेखि श्रृङखताबद्ध रुपमा नेकपा बहुमतले जिल्लाा लघु वित्त तथा वित्तिय संघ संस्थाका कार्यालयमा तालाबन्दी शुरु गरेको छ ।
बेदकोट नगरको एक लघु वित्तमा तालाबन्दी गरेको बहुमतले दुई दितपछि अर्को लघु वित्तमा तालाबन्दी गरेको छ । आईतबार बेदकोट नगरपालिका ७ सुडाको नेशनल माईक्र्रोफाईनान्स लघुवित्त वित्तिय संस्थाका तालाबन्दी गरेको नेकपा बहुमतले मंगलबार शुक्लाफाँटा नगरपालिका १०झलारीको छिमेकी लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरेको छ । नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले लघु वित्तको चर्को ब्याजदर आतङ्क बिरुद्धमा पार्टीले कार्बाही गरिरहेको बताए ।
बहुमत युवा नेता ऐरीले लघु वित्त गरिब जनताका दुस्मन भएकाले आतङ्क रोक्नका लागि साँकेतिक रुपमा तालाबन्दी र चेतावनी ब्यानर टाँसिरहेको बताए । नेकपा बहुमत कञ्चनपुरले लघुवित्तमाथि पाँच आरोप लगाउँदै तालाबन्दी गरिरहेको छ ।
यि हुन बहुमतले लघु वित्त बिरुद्धमा लगाएका पाँच आरोप
–लघुवित्तले उपभोक्ता बाट चर्को व्याज असुल गरिरहेकाले, हाम्रो पार्टिको माग ५ हुनुपर्ने ।
–किस्ता असुलि उपर गर्न उपभोक्ता ऋणीसित महिना महिनामा किस्ता का लागि जवरजस्ति र दुर्वयहार गरेको ।
–३बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्ता तथा ऋणीलाई ठग्ने र दुख दिने गरेको ।
–उपभोक्ताको बचत बुक संस्थामा राखेर बचतको आयव्य पारदर्शी नभएको ।
–सेवा शुल्क बिमा लगायत शिर्षकमा अनावश्यक रकम लिने गरेको ।
जस्ता नेकपा कञ्चनपुरले लघु वित्तमाथि पाँच आरोप लगाएको छ । बहुमतले उपभोक्तामाथि ठगि नरोकिदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । लघुवित्त तथा वित्तिय संस्थाले नेकपा बहुमतले लगाएको जस्तो आरोप सहि नभएको दावि गरेका छन ।
उनीहरुले नियमपुर्वक ऋण प्रवाह भईरहेको जनाएका छन । यस अघि पनि ऋणीहरु लघु वित्त बिरुद्धमा पालिकादेखि जिल्ला स्तरमा आन्दोलन भएका थिए । लघुवित्तको चर्को ब्याजर बिरुद्धमा स्वयम उपभोक्ता समेत हैरान भएका छन । उनीहरु ब्याजदर घटाउनुपर्ने माग अघि सार्दै आएका छन ।
Discussion about this post