समाजवादी निकट अनेरास्ववियू भन्छ, ‘चैत्र ८को चुनाव किन सारियो ?

कञ्चनपुर,
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले चैत्र ८मा हुने सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको चुनाव सार्नु विश्वविद्यालयको षड्यन्त्रमुलक काम भएको टिप्पणी गरेको छ ।

८ गते सबै विद्यार्थी संघ संगठनको साथ सर्मथन हुँदाहुँदै आफु अनुकुल सारेर २१मा पु¥याउने कार्य षड्यन्त्रमुलक काम भएको टिप्पणी गरेको हो ।

२१मा चुनावको मिति तय गरेर विश्वविद्यालय जस्तो केन्द्रीय क्याम्पसमा ५सय रुपैयामा विद्यार्थी भर्ना गराएर फर्जी मतदाता बनाउने र हजारौँ विद्यार्थीलाई अधिकारबाट बञ्चित गराउने खेल भएको टिप्पणी गरिरहेको बुझिन्छ ।

मंगलबार अनेरास्ववियू सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस इन्चार्ज तोयराज जोशीले क्याम्पसमा डेलिगेशन दिदै स्ववियु निर्वाचन आफुअनुकुल गर्न खोजिएर त्यस बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।

इन्चार्ज जोशीले क्याम्पस प्रमुख कुम्भ बहादुर चन्द र निर्वाचन समितिका संयोजक तोरण प्रशाद भट्टलाई भेटेर चैत्र ८मा उपयुक्त वातावरण हुँदाहुँदै सारेर २१ पु¥याउने काम किन भयो ? भन्दै प्रशन गरेका छन ।

अनेरास्ववियूले नियमावली संशोधन गरेरै भएपनि सबै विद्यार्थीलाई चुनावमा सहभागि गराउनुपर्ने बताए । नियमावलीमा परीक्षा दिईसकेपछि स्वत कार्यकाल सकिने प्रावधान राखेर जितेर गएका विद्यार्थीको अवस्था उस्तै हुने र स्ववियू भएको औचित्य समेत नहुने भएकाले नियमावली संशोधनको माग अघि सारेका छन ।

यस्तै बिबिएस तेस्रो र चौथो सेमेष्टरको आउँदो २४चैत्रदेखि हुने परीक्षालाई समेत मध्य नजर गर्दै अघि बढ्नुपर्ने बताए । ‘उहाँ क्याम्पस प्रमुख र निर्वाचन समितिले हाम्रो संगठनले अघि सारेका विषय सुनेर माथिल्लो निकायमा पु¥याउने आश्वासन दिएका छन, ‘उनले भने, ‘फर्जी काम बन्द नभए अनेरास्ववियूले शसक्त रुपमा प्रतिवाद गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित