कञ्चनपुर,
‘संवैधानिक र कानुनी प्रवाधान कार्यान्वयन गरौं, जातिय छुवाछुत भेदभाव विरुद्ध प्रतिरोध गरौं’ भन्ने नारा सहित शुक्लाफाँटा नगरपालिका १० झलारीमा आज ५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवश मनाईएको छ ।
राष्ट्रिय हलिया मुक्ति समाज र राष्ट्रिय मुक्त हलिया समाज महासंघको संयुक्त आयोजनामा रंगभेद उन्मुलन दिवस मनाईएको हो । महासंघका अध्यक्ष इश्वर सुनारको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्ट रहनु भएको थियो । प्रमुख अतिथि भट्टले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य हुनु पर्ने बताए ।
उनले दश वर्षे जनयुद्धको प्रभावका कारण संविधानमा जातीय विभेद विरुद्धको प्रावधानलाई राख्न सफल भईएको बताए । उनले भने जव सम्म विभेद रहन्छ, त्यस विरुद्ध संगठित हुनु पर्ने अबस्था हुन्छ । संविधानमा जातिय विभेदलाई निषेध गरिएको भएपनि त्यसलाई कार्यान्वयन गर्नका लागि कानुको आवश्यकता हुन्छ उनले भने, कानुन नबन्दा संविधान कार्यान्वयनमा आउन सकेको छैन ।
संविधान पूर्ण रुपमा कार्यान्वयन नहुदा राजनीतिक संक्रमणकालको अन्त्य हुन नसकेको उनको भनाई रहेको छ । संविधान कार्यान्वयन नआउदा प्रतिक्रान्तीको अबस्था आउन थालेको उनले बताए । वंश, जात र लिंगको आधारमा हुने राजनीतिले बढावा पाउदा विभेद रहित समाजको परिकल्पना साकार हुन नसकेको उनले बताए ।
नगर प्रमुख रण बहादुर महराले संविधानले निषेध गरेको जातिय विभेदका वाछिटा अझै बाँकी रहेको बताए । सामाजिक कुरितिलाई हटाउन विद्यमान कानुनको पालना गर्नु पर्ने उनको भनाई थियो ।
उनले भने छुवाछुत अपहेलना गर्न कानुनतः पाईदैन, दण्डनिय हुन्छ । राष्ट्रिय क्यालेण्डरमा अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवश मनाउनका लागि कार्यक्रम नभएको उनले बताए । कार्यक्रम नहुदा बजेटको व्यवस्था गर्न नसकिएको उनको भनाई थियो ।
नियम कानुन मान्नु पर्छ, त्यसैले सहयोग गर्न सकिएन, अल ढंगले सहयोग गर्न सकिने उनले बताए । नगर उप प्रमुख कल्पना जोशी पन्तले जातीय विभेद गर्नेलाई कानुन अनुसार कारवाही गरी पीडितलाई न्याय दिलाउन सधै तत्पर रहने बताउनु भयो ।
वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले मानव काम र कर्तव्यले ठुलो हुने उल्लेख गर्दै जनताको कुरा नसुन्ने आफना कुरा मात्रै सुनाउनेका कुरा कहिले पनि नसुन्न आग्रह गरे । जातिय विभेद गर्ने विरुद्ध मुठ्ठि बजारेर लाग्ने उनले बताए ।
जातीय विभेदको कारण अन्यायमा परेका व्यक्तिहरुलाई न्याय दिलाउन जनप्रतिनिधिका हैषियतले कटिवद्ध भएर लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे । वडा नं ८ का वडा अध्यक्ष बहादुर सिंह महराले दलित समुदायको एजेण्डा बोक्ने पार्टीमा आवद्ध हुन आव्हान गरे ।
अधिकारका लागि संघर्ष गर्नु पर्ने उल्लेख गर्दै उनले मुक्ती खोज्नेले वर्ग पहिचान गर्न सक्नु पर्ने बताए । एकवद्ध भएर अगाडी नबढदा मुक्ति संभव नभएको उनले बताए । वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले संविधान प्रदत्त समावेशीको अधिकारको व्यवस्था कार्यान्वयन गराउन दवाव दिन जरुरी रहेको बताए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य विमला सार्कीले सानै छदा देखिको छोइछिटो हाल्ने चलन अझै सम्म हटन नसकेको बताईन । दलित समुदायलाई अधिकार सम्पन्न बनाउन स्थानिय तहले कार्यविधि र ऐन बनाउनु पर्नेमा अझै पनि बनाउन नसकेको प्रति उनले असन्तुष्टि व्यक्त गरिन । जातीय विभेद हटाउन स्थानिय तहले अहं भूमिका निर्वाह गर्नु पर्नेमा अझै त्यो नभएको उनले बताईन ।
कार्यपालिका सदस्य गणेश विकले जातिय छुवाछुत विरुद्धका ऐन नियम बनेपनि परिवर्तन आउन नसकेको बताए । नगरपालिकाको कार्यपालिकामा बहुमतले निर्णय पारित गरिन्छ, त्यसैले दलितका कुरा सुनिदैनन ।
क्यालेण्डरमा कार्यक्रमको व्यवस्था छैन भनेर पन्छयाउने कार्य पनि एक किसिमको विभेदनै रहेको उनले बताए । नेकपा(माओवादी केन्द्र)का नगर सचिव दिपक भट्टले नयाँ संविधान जारी भएपछि दलित समुदायले अधिकार पाएको बताए ।
शिक्षा, स्वास्थ्य, नीति निर्माण तहमा दलित समुदायको सहभागिता सुनिश्चित गरिएको उनले बताए ।
नेकपा(एमाले)का नगर कमिटि उप सचिव मोनिक भट्टले दलितलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिदै आएको बताईन । दलित अधिकारका मुद्दा कार्यपालिकामा एकजुट भएर दलित प्रतिनिधिले उठाउनु पर्ने बताईन । दलित समुदायको कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजन नगरेर विभेद गरेको बताईन ।
नेपाली काँग्रेसका नेता गोविन्द नेपालीले लोकतान्त्रीक आन्दोलनमा दलित समुदायको अहं भूमिका रहेको बताए । दलितका मुद्दाहरु कागजमा मात्रै सिमित हुने कार्यान्वयनमा नल्याईने भएकाले अधिकारबाट बञ्चित हुदै आएको बताए । नगरपालिकाले दलित समुदायका लागि कार्यक्रम नराखेर अन्याय गरेको उनले बताए ।
बहाना बनाएर पन्छिन पाईदैन उनले भने समावेशिताको अबधारणालाई नगरपालिकाले लागु गरेको छैन, त्यसका विरुद्ध एकजुट भएर आन्दोलन गर्नुको विकल्प छैन । अहिले सम्म कर्मचारी राख्दा दलित समुदायका एक जना पनि कर्मचारीको कोटा नगरपालिकाले नछुटयाएर अन्याय गरेको उनले बताए ।
मुक्ति समाज प्रदेश कमिटि सदस्य नन्द सिंह सुनारले दिवस बनाउनका लागि कार्यक्रम छैन भनेर नगरपालिकाले बजेटको व्यवस्था नगरेर विभेद गरेको बताए । क्यालेण्डरमा कार्यक्रम छैन भनेर विभेद गरेका छन उनले भने पार्टीको झोला मात्रै बोकेर हुदैन अधिकारका लागि बोल्नु पर्ने बेला आएको छ ।
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले दलित समुदायलाई अधिकारबाट बञ्चित गरिने कार्य सैह्य नहुने बताए । उनले भने, अन्य समुदाय, वर्ग लिंगका लागि कार्यक्रम गर्न नगरपालिकाले बजेटको व्यवस्था गर्ने तर दलित समुदायको अपमान गर्ने गरी नजरअन्दाज गर्ने कार्यको मुकावला गर्न एकजुट भएर लाग्नु पर्ने अबस्था आएको छ ।
Discussion about this post