सुप विश्वविद्यालयमा फेरी तालाबन्दी

42
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिम विश्वविद्यालयमा फेरी तालाबन्दी भएको छ ।

यस अघि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचन समितिको कार्यकक्षमा कृष्ण पाण्डे समुहको नेवि संघ, नेकपा बहुमत, विप्लव र राप्रपा निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।

पाण्डे समुहको नेवि संघ, बहुमत र राप्रपाले खोलेसंगै विप्लव निकट क्रान्तिकारीको यथावत रहेकै बेला विद्यार्थीले समेत तालाबन्दी गरेका छन । ८ चैत्रको चुनाव सारेर २१मा परीक्षाकै मुखमा पु¥याएको भन्दै तालाबन्दी गरेका छन ।

बिबिएस तेस्रो र चौथोबर्षका विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन । बिबिएस चौथो बर्षमा अध्ययनरत विद्यार्थी सुरेन्द्र विष्टले परीक्षामै मुखमा विश्वविद्यालयले निर्वाचन गर्न खोजेर हजारौँ विद्यार्थीको भविष्य डामाडोल पार्ने मनसायले मिति निर्धारण गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।

‘गत माघदेखि हाम्रो परीक्षा सार्दसर्दै चैत्रमा पु¥याईयो, ‘उनले भने, ‘चैत्रमा पनि परीक्षाकै मुखमा चुनाव गर्न खोजियो, यो सरासर विद्यार्थीको भविष्य चौपट र हित विपरित भएको छ ।’ परीक्षा अघि वा पछीको समयमा चुनाव हुनुपर्ने उनको भनाई छ । यस विषयमा निर्वाचन समिति र केन्द्रीय क्याम्पसले केही निर्णय लिएको छैन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार