महिलालाई उद्यमी बनाएर आत्मनिर्भर तर्फ उन्मुख गराउँछु ः राप्रपा उम्मेदवार श्रेष्ठ

138
VIEWS

कञ्चनपुर,
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का तर्फबाट कञ्चनपुरको जेठो र पहिलो भीमदत्त नगरपालिका उप प्रमुखमा महिला नेतृ हेलेन श्रेष्ठले मनोनयन दर्ता गराएर चुनावी अभियानमा जुटेकी छिन ।
समाजसेवी तथा महिला उद्यमी अगुवाका रुपमा परिचित श्रेष्ठले भीमदत्त नगरपालिका क्षेत्रका सम्पूर्ण महिलाको आर्थिक, राजनीतिक एव समाजिक अधिकारका लागि आफुले उम्मेदवारी दिएको बताईन ।
बिहीबार महेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा उप प्रमुखकी उम्मेदवार श्रेष्ठले चुलोचौकोमा सीमित महिलाको हक अधिकारका साथै उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि योजना अघि सारेको बताईन ।
‘सिङ्गो समाज अगाडी बढाउन महिला अघी बढ्नुपर्छ, ‘उनले भनिन, ‘महिलाको आत्मनिर्भरताको विषय प्रमुख हो ।’ उनले महिलाका लागि सीपमुलुक तालिम, निःशुल्क शिक्षादेखि रोजगारका कार्यक्रम संचालन गरेर महिलालाई न्याय दिलाउने प्रण गरिन । ‘भ्रष्टाचार रहित समाजको विकास गर्दै महिलाको समाजिक न्यायलाई सुनिश्चित गराउँछु, ‘उनले भनिन, ‘भ्रष्टाचार रोकिदा महिला मात्र होईन सिङ्गो समाजकै विकास हुन्छ ।’ पार्टीका राष्ट्रिय एव स्थानीय एजेण्डा लगेर जनताको घरदैलोमा पुगिरहेको उनले बताईन ।’ नगर क्षेत्रको सुकुमबासी, भूमिहिनका समस्या समाधान गर्दै नगरका महिलालाई उच्च प्राथमिकतामा राखेर आर्थिक समाजिक, साँस्कृतिक विकास गर्ने प्रतिबद्धता जोहर गरेकी छिन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार