बेलडाँडी १५ सैया अस्पतालको प्रदेश सभा सदस्य बिष्टद्धारा भोली शिलान्यास गरिदै

145
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा बन्न थालेको १५ सैया अस्पतालको भोलि प्रदेश सभा सदस्य दिवान सिह बिष्टद्धारा शिलान्यास गरिने भएको छ ।

 

बेलडाँडी गाउँपालिकासंग निर्माण कम्पनीले सम्झौता गरेको ४ महिना पछि भोली शिलान्यास गर्ने तयारी थालेको छ । चालू आर्थिक वर्ष २०७९–८–६ गते बंगलामुखी बैजनाथ जेभीले १६ करोड ५१ लाख ६२ हजार ५ सय ७७ रुपैयाँबराबर लागतमा ६ मंसिर ०८१ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

 

अस्पताल बन्ने जग्गा अतिक्रमित भएकाले काम गर्नमा ढिला भएको पालिकाले जनाएको छ । पालिकाले दुरुत गतिमा काम गर्न निर्माण कम्पनीसंग कम्युनिकेशन बढाएको छ ।

 

बेलडाँडीमा अघिल्लो स्थानीय सरकारले अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया नबढाएपछि गत वैशाखमा आएको नयाँ स्थानीय सरकारले ठेक्का खोलेर काम सुरु गराएको हो ।

 

१७ मंसिर ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले देशैभरका तीन सय ९७ पालिकामा १५ सैयाको आधारभूत अस्पताल बनाउन भर्चुअल माध्यमबाट एकसाथ शिलान्यास गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार