बेलौरी,
किसान बहुउदेश्यीय सहकारी संस्था शाखा कार्यालय बेलौरीद्धारा संचारकर्मी शाही सम्मानित भएका छन् ।
लामो समय देखि रेडियो बेलौरीमा कार्यरत संचारकर्मी हिक्मत कुमार शाही सहकारी संस्थाको केन्द्र गोष्ठी २०७९ कार्यक्रमका दिन सम्मानित भएको सहकारीले जनाएको छ ।
शाहीले रेडियो पत्रकारीताबाट सहकारीको हकहितमा बुलन्द आवाज उठाउदै आम नागरिक र किसालाई सूसुचित गरेको भन्दै सम्मानित गरेको जनाइएको छ ।
सम्मानित हुने पत्रकार शाहीले आफुलाई अमुल्य सम्मान र मायाको चिनो प्रदान गरेकोमा संस्था प्रति आभार प्रकट गर्दै यसले काम गर्न थप हौसला प्रदान भएको बताए । उनले जय सहकारी भन्दै शाखा प्रमुख बिरेन्द्र जैशीलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो ।




















Discussion about this post