बाघको अाक्रमणबाट पुनर्वासकी एक महिलाको मृत्यु

पुनर्वास,
बाघको आक्रमणबाट पुनर्वासकी एक महिलाको मृत्यु भएको छ।

नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको जननईएको छ ।

पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसंग घासदाउराका लागि नेशनल पार्क गएकी थिइन्।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उनी साथीसंगिहरू सित मेलापात गर्ने बेला बाघले अाक्रमण गरेको उनीहरूले बताए ।

अहिले भारतीय सुरक्षाकर्मीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सवडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थलमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित