बेलडाँडी,
बेलडाँडी गाउँपालिका १५ सैया अस्पतालको शुक्रवार शिलान्यास गर्दै संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले बेलडाँडीलाई नमुना बेलडाँडी बनाउने घोषण गरेका छन् ।
बेलडाँडी विकासका निम्ति आफुले अहिले सम्म ठुलठुला काम गरेको र अझै बेलडाँडीलाई राम्रो बनाउनका लागि आफु लागि पर्ने बताउदै बिष्टले नमुना बेलडाँडी बनाएर छोड्ने बचन दिएका छन् । विष्टले निर्माण कम्पनीलाई तोकिएको समय भित्र काम सक्न आग्रह गरेका छन् । अस्पताल निमार्ण कार्यमा बजेटको अभाव हुन नदिन आफु लाग्ने बताउदै निर्माण कम्पनीले गुणस्तरिय काम गर्नमा कुनै कञ्जुसाई नर्गन आग्रह गरे ।
प्रदेश स्तरबाट थप बेलडँडीका लागि योजना पार्ने बताउदै बिष्टले भने विकासका काममा सबै पक्षले हातेमालो गरि अगाडि बढनु पर्ने धारणा समेत व्यक्त गर्नु भयो ।
दुई बर्षमा सम्पन्न गर्ने गरि १६ करोड ५१ लाख ६२ हजार ५ सय ७७ रूपयाँमा बंगलामुखी बैजनाथ जे.वि. संग ठेक्का सम्झौता भई काम अघि बढेको बेलडाँडी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले कार्यक्रममा बताउनु भयो ।
गाउँपालिकाका प्रबक्ता तथा वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टले भवन निर्माणको कामलाई जति सक्दो चाडो र गुणस्तरिय बनाउन कम्पनीलाई आग्रह गर्नु भयो । उनले भने निर्माण कार्यमा पालिकाले कम्पनीलाई सक्दो सहयोग गर्ने बताए ।
यस्तै बंगलामुखी निर्माण जेविका ईन्जिनियर सुमन कुवँरले सम्झौता भएको ४ महिना भन्दा बढी वितिसक्दा समेत बजेट निकासा नभएको प्रति दुःख व्यक्त गर्दै समयमै बजेट निकासका लागि सबै पक्षबाट पहल गरिदिन आग्रह गरे । अहिले कम्पनीले आफ्नो तर्फबाट निर्माणको काम अघि बढाएको छ तर अवका केहिदिन भित्र बजेट निकासा नभए काम रोकिने बताउनु भयो ।
गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले आग्रह गर्नु भयो । निर्माण कार्यलाई चुस्त पार्न बेलडाँडी गाउँपालिकाले गर्नु पर्ने सहयोग पालिकाको तर्फबाट रहिरहने भन्दै काम गुणस्तरिय बनाउन सबै पक्षले निगरानी गर्नुपर्नेमा वहाले जोड दिनु भयो ।
बेलडाँडी गाउँपालिकासंग निर्माण कम्पनीले सम्झौता गरेको ४ महिना पछि आज शिलान्यास भएको छ । चालू आर्थिक वर्ष २०७९–८–६ गते बंगलामुखी बैजनाथ जेभीले १६ करोड ५१ लाख ६२ हजार ५ सय ७७ रुपैयाँबराबर लागतमा ६ मंसिर ०८१ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।
बेलडाँडीमा अघिल्लो स्थानीय सरकारले अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया नबढाएपछि गत वैशाखमा आएको नयाँ स्थानीय सरकारले ठेक्का खोलेर काम सुरु गराएको हो ।
१७ मंसिर ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले देशैभरका तीन सय ९७ पालिकामा १५ सैयाको आधारभूत अस्पताल बनाउन भर्चुअल माध्यमबाट एकसाथ यस अघि नै शिलान्यास गरेका थिए ।
बेलडाँडी गाउपालिकाका अध्यक्ष हरिशचन्द्र रानाको सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवान सिह बिष्ट रहेका थिए भने विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उप–प्रमुख रामकुमारी राना रहेका थिए । अतिथिमा विभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्विजिवीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post