बेलडाँडीमा १५ सैयाको अस्पताल निर्माण हुँदै

115
VIEWS

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा १५ सैयाको अस्पताल निर्माण भईरहेको छ ।

 

गाँउपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ । ०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ सैयाका आधारभूत अस्पताल बनाउने योजना अनुरुप बेलडाँडी स्थानीय सरकारले अस्पताल निर्माण कार्य चालु आर्थिक बर्ष ०७९/०८०देखि शुरु गरेको हो ।

तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १७मंसिर ०७७सालमा एकसाथ अस्पताल नभएका पालिकामा अस्पताल निर्माणका लागि एकसाथ शिलान्यास गरेका थिए ।

तर, बेलडाँडीमा तत्तकालिन एमाले नेतृत्वकै स्थानीय सरकारले अस्पताल निर्माण कार्य अघि नबढाएपछि काँग्रेस नेतृत्वको स्थानीय सरकारका पालामा अस्पताल निर्माण कार्य अघि बढेको छ ।

अस्पताल शिलान्यासपछि तीन बर्ष ०७९ बैशाखसम्ममा एमाले नेता धन बहादुर थापा(नेतृत्वको स्थानीय सरकार रहेको थियो । उक्त सरकारका पालामा अस्पताल निर्माण अघि अघि नबढेपछि ०७९ जेठ पहिलो सातादेखि काँग्रेस नेता हरिचन्द्र राना नेतृत्वको स्थानीय सरकारले अस्पताल निर्माण कार्य अघि बढाएपछि अस्पताल निर्माण कार्य अघि बढेको हो ।

राना नेतृत्वको बेलडाँडी स्थानीय सरकार गठन भएको सात महिनापछि अस्पताल निर्माण कार्य अघि बढेको पाईन्छ । १५ बेडको अस्पताल निर्माणका लागि बङगामुखी बैजनाथ जेभीले ६ मसिर ०७९मा सम्झौता गरेको छ ।

दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने गरी निर्माण कम्पनी बङलामुखी बैजनाथ भेजीले पालिकासंग सम्झौता गरेको छ । १६ करोड, ५१ लाख, ६२ हजार,५७७ रुपैयामा आगामी ६ मंसिर ०८१मा निर्माण कार्य सक्ने सम्झौता गरेको छ ।

बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले सम्झौतापछि पुषदेखि निर्माण कार्य शुरु गरेको बताए । प्रवक्ता विष्टका अनुसार शुक्रबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले अस्पतालको शिलान्यास गरेका छन ।

अस्पताल शिलान्यास गर्दै विष्टले समयमै गुणस्तरिय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन । प्रदेश सभा सदस्य विष्टले संविधान अनुरुप स्वास्थ्य अधिकार जनताको मौलिक अधिकार भएकाले भवन निर्माणसंगै अस्पताल संचालनका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले अस्पताल निर्माण कार्य तिव्र गतिमा अघि बढाउनुपर्नेमा जोडदिए । गाँउप्रमुख रानाले अस्पताल निर्माणमा पालिकाबाट पुर्ण सहयोग रहनेछ । यस अघि बेलडाँडीमा प्राथमिक स्वास्थ्य केन्द्र मार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान भईरहेको छ ।

अस्पताल निर्माण भएसंगै बेलडाँडीका स्थानीय जनता गाँउमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने गाँउप्रमुख रानाको भनाई छ । अस्पताल निर्माण हुन थालेपछि स्थानीय समेत हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार