बेलडाँडी,
नेपाल शिक्षक संघ बेलडाँडीको अध्यक्षमा दिल बहादुर सिह निर्वाचित भएका छन । काँग्रेस निकट शिक्षक संघ बेलडाँडीको नयाँ कार्य समितिका लागि अध्यक्ष र सचिवमा सहमती नभएपछि शनिबार निर्वाचत भएको थियो ।
नेपाल शिक्षक संघ बेलडाँडी नेता एव कञ्चनपुर निर्वतमान जिल्ला सदस्य धनसिह कार्कीले चुनावी प्रकृयाबाट अध्यक्ष र सचिव चयन गरिएको बताए । शिक्षक संघका नेता कार्कीका अनुसार शिक्षक संघ बेलडाँडीको अध्यक्षमा दिल बहादुर सिंह र सचिवमा दिपक राज भट्ट निर्वाचित भएको जनाए ।
सिंहले आफ्ना प्रतिस्पर्धी माेहन जाेशीलाई १८ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित बनेका थिए भने भट्टले अाफ्ना प्रतिस्पर्धी दिर्घराज अोझालाई १ मतले पछि पार्दै सचिव पदमा निर्वाचित भएको थिए ।
अध्यक्षमा सिंहले ४६ र भट्टले २८ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा भट्टले ३७ र अोझाले ३६ मत प्राप्त गरेका थिए ।
यस अघि महिला उपाध्यक्ष महेश्वरी बम, खुला उपाध्यक्ष अनिता जोशी, सह सचिव दिपेन्द्र सिह ठगुराठी, अर्थसचिव मोहनदेव जोशी, समावेसी सह सचिव ः चन्कु चौधरी र सदस्य बागमती धामी, देवराज उपाध्यक्ष, बीर ब. विष्ट, कर्ण ब. विष्ट, विशन दत्त भट्ट, कस्तुरा शाही,,मिरा भण्डारी,विष्णू चन्द र प्रकास उपाध्याय निर्बिरोध चयन भएका थिए
।
शैलेश्वरी आधारभुत विद्यालयमा भएको निर्वाचनमा ७७ मत खेका थिए । कुल मतदाता ८१ जना शिक्षक रहेका थिए ।
Discussion about this post