कञ्चनपुर,
नेकपा एकीकृत समाजवादी निकट सरकारी कर्मचारी र पेशागत महासंघ पदाधिकारीलाई कञ्चनपुरमा सम्मान गरिएको छ ।
शनिबार महेन्द्रनगरमा पेशागत महासंघ कञ्चनपुरको बैठकमा समाजवादी निकट सरकारी कर्मचारी र पेशागत महासंघ पदाधिकारीलाई कञ्चनपुरमा सम्मान गरिएको हो ।
समाजवादी निकट सरकारी कर्मचारी संगठन नेपाल कञ्चनपुरका नेता सन्तोष विष्टले जिल्लाबाट कर्मचारी र पेशागत महासंघमा प्रतिनिधित्व गर्नेहरुलाई सम्मान गरिएको बताए । उनका अनुसार पेशागत महासंघ केन्द्रीय सदस्य गोबिन्द सिह विष्ट, मिना नेगी(कुँवर), पेशागत महासंघ सुप प्रदेश अध्यक्ष डा. कविन्द्र बहादुर चन्द, महासचिव महेश दत्त भट्ट, पेशागत महासंघ सुप प्रदेश सदस्य पदमराज भट्ट, एकीकृत सरकारी कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष शेरसिह भण्डारी, केन्द्रीयसदस्यद्वय केशव दत्त बडू र लिलावती भाटलाई सम्मान गरिएको छ ।
पेशागत महासंघ कञ्चनपुरका अध्यक्ष देवदत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला इन्चार्ज लाल बहादुर खडका प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पेशागत महासंघ, एकीकृत सरकारी कर्मचारी सहित समाजवादीका नेताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post