पुर्णागिरीका दर्शनार्थीलाई निःशुःल्क खानेपानी

17
VIEWS

प्रदिप राना/कञ्चनपुर,

पुर्णागिरीका दर्शनार्थीलाई कञ्चनपुरको महेन्द्रनगरमा निःशुल्क खानेपानीको व्यवस्था गरिएको छ ।

समाजसेवी दिवान सिह आग्रीले पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानीको व्यवस्था गरेको हो ।

समाजिक सेवाको भावनाका साथै धार्मिक पर्यटन प्रर्बद्धनका लागि समाजसेवी आग्रीले दर्शनार्थीलाई निःशुल्क खानेपानीको व्यवस्था छन । भीमदत्त नगरपालिका ५बनखेत घर नजिकै पुर्वपश्चिम महेन्द्रराजमार्ग गड्डाचौकी रुटमा आग्रीले निःशुल्क शुद्ध खानेपानीको प्रबन्ध गरेका हुन ।

पुर्णागिरीका दर्शनार्थी आवतजावत गर्ने मुख्य मार्गमा आग्रीले समाजिक सेवाका लागि शुद्ध खानेपानी वितरण गरिरहेका छन । समाजसेवी दिवान सिह आग्रीले पुर्णागिरीका बेला नवरात्रमा उच्च भिडभाँड हुने भएकाले घटस्थापना दिवसकै दिनदेखि खानेपानी वितरण गरिएको बताए ।

‘यो विशुद्ध समाजसेवा हो, ‘उनले भने, ‘एकातिर समाजसेवा अर्कातिर हाम्रो देशका मठ मन्दिरमा दर्शन गर्न आउने छिमेकी मुलुकका पर्यटनलाई आकर्षण गर्ने तरिका पनि हो ।’ निःशुल्क खानेपानी पाएपछि दर्शनार्थी समेत हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार