बेलडाँडी,
अखिल नेपाल महिला संघ बेलडाँडी गाउँकमिटी विस्तार तथा पुनर्गठन आइतवार सम्पन्न भएको छ ।
एमालेले देशव्यापी रुपमा चाएको मिसन ग्रासरुटकै सेरोफेरोमा रहि आज अखिल महिला संघ बेलडाँडी गाउँकमिटी पुनर्गठन तथाा विस्तार गरिएको छ । भेलाले पुनः विमला भट्टको अध्यक्षतामा १९ सदस्यीय गाउँकमिटी विस्तार गरेको अखिल नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष लक्ष्मी भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार गाउँकमिटी अध्यक्ष विमला भट्टको अध्यक्षतामा बसेको भेलाले पुनः भट्टलाई नै अध्यक्ष चयन गरेको बताए । भोली देखि वडा स्तरमा समेत पुनर्गठन तथा विस्तारको कार्यक्रम रहेको उहाँले बताउनु भयो ।
भेलाले आगामी दिनमा महिलाका हकहितलाई कसरी सुनिश्चित गर्ने र एमाले सरकारका पाला भएको विकास सुशानका बारेमा आम जनतलाई जर्गेना गर्दै स्थानीय सरकारले गरेको कृयापलापमा खवरदारी गर्नु पर्ने विषयमा छलफल भएको जनाए । स्थानीय सरकारले महिलालाई चुरापोते तालिम दिएर आत्म निर्भर बनाउने बिषयमा भएको आर्थिक अतियमितताको बारेमा समेत बेलडाँडी महिला संघले खवरादी गर्ने छलफल भएको जनाइएको छ । छलफलमा यो सरकारले आफ्ना मान्छेलाई मात्र हेर्ने, काम दिने शीप सिकाउने र कम्युनिष्ट निकटका महिलाहरुलाई वेवास्ता गरेको भेलामा कुरा उठेको सहभागिले बताए ।
कार्यक्रम बेलडाँडी गाउँकमिटी महिला संघ अध्यक्ष विमला भट्टको सभापत्विमा, नेकपा एमाले प्रदेश सदस्य कमला कार्कीको प्रमुख आतिथ्य, ग्रासरुटका बेलडाँडी इन्चार्ज राजिब खडका, भीम बहादुर थापा, लक्ष्मी भट्ट, बेलडाँडी एमाले अध्यक्ष लक्ष्मण भाट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post