बेलडाँडीमा चुरापोते तालिममा आर्थिक अनियमितता भएको नभएको के हो अखिल नेपाल महिला संघले खोजी गर्ने

284
VIEWS

बेलडाँडी,
बेलडाँडी चुरापोते तालिममा आर्थिक अनियमितता भएको नभएको के हो अखिल नेपाल महिला संघ बेलडाँडीले खोजीनिति गर्ने भएको छ ।

केहिदिन पहिला बेलडाँडी गाउँपालिकाले महिलाहरुलाई शीप सिकाई अात्मनिर्भर भई आयआर्जन गराउने उदेश्यले बेलडाँडीका केहि महिलालाई शीपमुलक चुरापोते बनाउने तालिम दिएको थियो ।

यसै आर्थिक बर्षको उपाध्यक्ष विशेष कार्यक्रम अन्तर्गतका ४ लाख ५० हजार, ४ लाख ५० हजारका दुई कार्यक्रमलाई मर्ज गरी सम्पन्न गरेको कार्यक्रममा सहभागिहरुलाई नास्ता समेत नदिएको, सबै वडाका महिलालाई समान तरिकारले सहभागि नगराएको भन्ने व्यापक गुसोस आएपछि यसमा आर्थिक अनियमितता गरको भन्ने हल्ला चलेकाले अखिल नेपाल महिला संघले यस विषयमा चासो देखाउदै खोजी गर्ने जनाएको छ ।

संघले सबै वडाका विपन्न महिलालाई शीपमुलक तालिम दिएर क्षमता अभिबृद्धिका साथै आत्मनिर्भतामा जोडदिनु पर्ने धारण व्यक्त गरेको छ ।

पालिकाका लागि सबै महिला बराबर भएको तर यहाँ विभेदकारी ढंगले कार्यक्रम गर्ने गरेको प्रति महिला संघले चिन्ता व्यक्त गरेको छ । उत्पिडनमा रहेका महिलाहरुलाई पालिकाले विशेष कार्यक्रम ल्याउनु पर्ने उनीहरुले बताएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार