कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका उत्तरी चुरे भेगका नदीखोला दोहन भईरहेका छन ।
मापदण्ड विपरित भीमदत्त नगर चुरेका नदीखोला दोहन भईरहेका छन । तर पनि सम्बन्धीत निकाय रमिते बनेको छ ।
स्थानीयले नदीखोला दोहन भएको विषयमा पटक पटक स्थानीय सरकार सहितका निकायलाई खबर गर्दा समेत नदी दोहनक्रम जारी रहेको छ । भीमदत्त नगरपालिका रौटेला, खन्यखोला, कामिकाटे सहितका नदीखोलमा चरम दोहन र चुरे नै बिनास हुने गरी दोहन हुन थालेपछि स्थानीयले रोक्न माग अघि सारेका छन ।
स्थानीयले मापदण्ड विपरित खोला नदी चुरेमै जेसिभी लगेर दोहन कार्य भईरहेको भन्दै चुरेको भविष्य जोगाउन माग अघि सारेका हुन ।
चुरे सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले दिर्घकालिन रुपमा रुपमा चुरे बिनास गर्ने गरी भईरहेको खोला नदीको अनियनिन्त्रत दोहन रोक्नुपर्ने बताए ।
अध्यक्ष कुँवरले उक्त क्षेत्रका नदीखोलाको बिना टेण्डर धमाधम पालिकाले समेत संकलन गरिरहेको र अन्य निजी क्षेत्रबाट समेत मापदण्ड विपरित उत्ख्नन भईरहेको विषयमा जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहरालाई जानकारी गराइको बताए ।
‘हामीले भीमदत्त नगरपालिका क्षेत्र चुरेका नदीखोलाको दोहन रोक्न जिसस प्रमुख ज्यूलाई डेलिगेशन नै बुझाएका थियौँ, ‘उनले भने, ‘तर रोकिएन, सबैतिर मिलोमतो छ, के कसरी रोकिन्छ ।’
आइतबार डिभिजन वन कार्यालय कञ्चनपुरले चुरे क्षेत्रका खोला नदी दोहन रोकेको थियो, तर फेरीपनि दोहन रोकिएको छैन । भीमदत्त नगरपालिकाले मापदण्ड बिरुद्धमा उत्ख्नन भए रोक्ने जनाएको छ ।
भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले ठेक्का नलागेको उक्त नदीखोला क्षेत्रमा मापदण्ड बिरुद्धमा दोहन भए अनुगमन गरेर रोकिने बताए । ‘त्यहाँबाट पालिकाले पनि उठाईरहेको छ, ‘उनले भने, ‘यदी कसैलाई बदमासी भए कार्बाही गछौँ ।’
Discussion about this post