पत्रकारका लागि निःशुल्क आँखा शिबिर

शुनिल राना/कञ्चनपुर,
कञ्चनपुरका पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ । सोमबार जिल्लामा कार्यरत पत्रकारका लागि आँखा अस्पताल महेन्द्रनगरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको हो ।

नेपाल पत्रकार महासंघको ६८औँ स्थापना दिवस र नेपाल नेत्र ज्योति संघको ४५औँ स्थापना दिवसको अवसर पारेर पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेबारी, आँखा सेवामा साझेदारी’ भन्ने मुल नाराका साथ जिल्लामा कृयाशिल पत्रकारको स्वास्थ्यका लागि आँखा शिबिर संचालन गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्नाले महासंघ र नेत्रज्योती संघको स्थापना दिवसमा प्रदेशका पत्रकारको स्वास्थ्यका लागि शिविर संचालन गरिएको बताए ।

आँखा अस्पताल महेन्द्रनगर जिल्ला शाखाले प्राविधिक तथा व्यवस्थापकीय भूमिका निर्वाह गरेको थियो । आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बीरसिह धामीले शिबिरमा ४५ जना पत्रकारले सेवा लिएको बताए ।

नेत्र अधिकृत धामीका अनुसार ८ जनालाई निःशुल्क चस्मा अन्यलाई औषधी दिईएको बताए । ‘हामीले आँखा सुरक्षित पार्ने परर्मस समेत दिएका छौँ, ‘उनले भने, ‘तीन जना पत्रकार साथीको आँखामा मासु पलाएको भेटियो, ‘बाँकीलाई हामीले औषधी, चस्मा र परमार्स दिएका छौँ ।’

आँखा अस्पताल महेन्द्रनगर जिल्ला शाखा इन्चार्ज डा. खगेन्द्र उपे्रेती, नेत्र अधिकृत बीर सिह धामी सहित नेत्र ज्योती संघका सदस्य दयाकृष्ण जोशी सहितको कर्मचारी टिम खटिएको थियो । यसरी बेला बेलामा पत्रकार महासंघ र नेत्र ज्योति संघले स्थापना दिवसमा निःशुल्क आँखा चेकजाँचबाट पत्रकार लाभान्वित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित