माओवादी निकट दलित मुक्ति मोर्चा बेलडाँडीको अध्यक्षमा औजी

126
VIEWS

बेलडाँडी,
नेपाल दलित मुक्ति मोर्चा बेलडाँडी गाँउपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा बेलडाँडीको प्रथम भेला सम्पन्न भएको हो । सोमबार बेलडाँडीमा दलित मुक्ति मोर्चाको भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाहले करन औजीको अध्यक्षतामा दलित मुक्ति मोर्चा बेलडाँडीको कार्य समिति चयन गरिएको बताए ।

उपाध्यक्ष हंसा सार्की, सचिव हरिस नेपाल, सह सचिव डल्ली ओखेडा, सदस्य विष्ना ओली, डम्बर विक, पुन्ना पार्की, द्वारिका ओड, विष्ना कोली, रतन सिह सुनार रहेका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कञ्चनपुरका सचिव सहबिर सुनारले सम्बोधन गर्दै दलित समुदायको राजनीतिक, आर्थिक, समाजिक उत्थानका लागि माओवादीको ऐतिहासिक भूमिमा रहेको स्मरण गराए ।

भेलामा नेकपा माओवादी केन्द्र कञ्चनपुरका सचिव सहबिर सुनार, बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाह, नेकपा माओवादी केन्द्रका नेताहरु नन्द किशोर एसके, ईश्वरी दत्त भट्ट सहितको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार