बेलडाँडी शैलेश्वरीका प्रधानाध्यापक ओझाको विदाई

198
VIEWS

कञ्चनपुर,
बेलडाँडीका एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सेवानिवृत भएका छन ।

झण्डै साढे तीन दशक भन्दा बढि शिक्षण पेशा गरेका शिक्षक बासुदेव ओझा सेवानिवृत भएका हुन ।

बेलडाँडी गाँउपालिका २ शैलेश्वरी आधारभूत विद्यालय प्राद्यानाध्यापक ओझाको हिजो एक कार्यक्रमका विच विदाई गरिएको हो।

हिजो मंगलबार विद्यालयले कार्यक्रम नै राखेर प्रअ ओझाको भव्य विदाई गरेको थियो । विद्यालयको बृद्धि विकासमा अहम् भूमिका निर्वाह गरेको भन्दै विद्यायले भव्य रूपमा विदाई गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश विष्टले प्रअ ओझाको विदाई गरिएको बताए । शिक्षक ओझा २७ फागुन ०७१देखि १३चैत्र ०७९सम्म प्रअभई कामकाज सम्पादन गरेका थिए ।

शिक्षक ओझाले विद्यालयको नेतृत्व पाएपछि भौतिक एव शैक्षिक गुणस्तर सुधार भएको अध्यक्ष विष्टले बताए । विज्ञान प्रयोगशाला, पुस्तकालय, आईसिटी, अग्रेजी माध्यमबाट पठनपाठन गरिएको थियो ।

शिक्षणपेशाबाट सेवा निवृत भएका ओझाले समाजिक सेवा गर्ने प्रण गरेका छन । शिक्षक ओझाले गणेश मावि भुर्षा सहितका विभिन्न सामुदायिक विद्यालयमा सेवा गरेका थिए ।

प्रअ ओझाको विदाईसंगै शिक्षक दिर्घराज ओझालाई निमित्त प्रअको जिम्मेबारी दिईएको छ । विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी सहभागि रहेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार