बेलडाँडीमा तीन महिने पलम्बिङ्ग तालिम सम्पन्न, १७ जना भए दक्ष

65
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ र सीप विकास तालिम केन्द्र महेन्द्रनगरको सयुक्त आयोजनामा बेलडाँडीको झिलमिलामा शुरु भएको तीन महिने पलम्बिङ्ग तामिल हिजो सम्पन्न भएको छ ।

तालिममा २० जना सहभागि मध्ये १७ जना प्रशिक्षार्थीलाई दक्ष भएको घोषण गर्दै प्रमाण पत्र प्रदान गरिएको वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले जानकरी गराउनु भयो । उहाँका अनुसार प्रशिक्षक तेज बहादुर थापाले कुशलाता पुर्वक तालिम प्रदान गरेको बताउदै यस्ता तालिम आमामी दिनमा समेत ल्याउने बताउनु भयो ।

अध्यक्ष खडकाले सीप विकास तालिम केन्द्र कञ्चनपुरका अध्यक्ष तर्कराज बिष्ट, पालिका अध्यक्ष हरिश चन्द्र राना, सहभागि, प्रशक्षिक सबै प्रति हार्दिक आभारका साथै धन्यवाद व्यक्त गर्नु भयो ।

सहभागि प्रशिक्षर्थीहरुले सिकेको सीप व्यवसायीक रुपमा अघि बढाउने प्रण गरेका छन् । आधुनिक समय अनुसारका घर बन्ने र साही अनुसारको पलम्बिङ्ग आफुहरुले गर्न सक्ने तालिम प्राप्त गरेको जनाए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार