उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यका लागि जोशीको उम्मेदवारी घोषणा

11
VIEWS

कञ्चनपुर,
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि सुदूरका उद्यमी पिताम्बर जोशीले घोषणा गरेका छन ।

यही चैत्र अन्तिम साता २९, २९ गते काठमाण्डौँमा उद्योग वाणिज्य महासंघको ५६औँ अधिवेशन हुन लागेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका जोशीले यस पटक केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिने घोषणा गरेका छन । जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट खुला केन्द्रीय सदस्यका लागि जोशीले उम्मेदवारी दिने घोषणा गरेका हुन । सोही अनुरुप जोशीको प्रचारप्रसारमा उद्योगी, व्यवसायी जुटेका छन ।

तीन दशकदेखि व्यवसाय गर्दै आएका जोशीले आफ्नो व्यवसाय अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका उद्यमी पिताम्बर जोशीले उद्योगी व्यवसायीको हकहितका साथै प्रर्बद्धनका लागि केन्द्रीय समितिमा बस्न चाहेको बताए ।

‘मैले कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको छु, ‘उनले भने, ‘जिल्लाका उद्यमी व्यवसायीको हकहितका साथै केन्द्रीय सदस्यमा जिम्मेबारी पाएपछि थप केही गर्न सकिन्छ ।’

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार