रोजगारी दिने बाचा गरेका वडासदस्य आफैं कोरिया पलायन

40
VIEWS

इलाम,
इलामको देउमाई नगरपालिका बडा नम्बर ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारीका लागि दक्षिण कोरिया पलायन भएका छन्।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया गएका हुन्।

उनी २०२२ को इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएका हुन्। उनी रोजगारीका लागि देश छाडेर कोरिया गएपछि उनको वडा सदस्यको पद रिक्त भएको छ।
स्थानीय निर्वाचनमा वडा सदस्यमा जितेर देशमै सेवा गर्ने लक्ष्य बोकेका उनले कोरियालाई केही बर्ष मात्रै कर्मभूमी बनाउने बताएका छन्।

नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरिया भाषा पढेका उनले भाषा परीक्षा उत्तीर्ण गरेसँगै इपिएसमार्फत कोरिया पुगेका हुन्। आम युवाहरुको विदेश जानुपर्ने बाध्यता हटाउने,स्वरोजगारका अवस्था सिर्जना गर्छु भन्दै चुनाव जितेका श्रेष्ठ आफैं विदेश हानिएका हुन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार