भोलि देखि शुरू हुने एसईईमा ५ लाख १६ हजार बढी विद्यार्थीले भाग लिदै

8
VIEWS

काठमाडौं,

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारदेखि सुरू हुँदैछ।

एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ। एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पुर्‍याइसकिएका छन्।

यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ।

जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन्।

रोजगारीका क्रममा जापानमा रहेका नेपालीका छोराछोरीले त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।

यसपालि १४ जना परीक्षार्थीले जापानबाट परीक्षा दिने भएका छन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार