भीम रावलले आत्मालोचना नगरे पार्टी अब चुप बस्दैन : पौडेल

73
VIEWS

धनगढी,
भीम रावलले पार्टी अनुशासन उल्लंघन गरेकाले आत्मालोचना नगरे उनलाई कारवाही गरिने एमाले उपाध्यक्ष विष्णु पौडेलले चेतावनी दिएका छन् ।

धनगढीमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टीको निर्णय पनि नमान्ने र पार्टीको विरोधमा गतिविधि गरिराखे रावल विरुद्ध पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

रावलले पार्टी निर्णय र अनुशासन उल्लंघनलाई निरन्तरता दिए तमासा हेरेर बस्न नसकिने उनको भनाई छ । ‘भीम रावलजीले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नु भएको छैन । पार्टी अनुशासन उल्लंघन गर्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन् ।

उहाँले एकपछी अर्को गल्ती गर्दै हुनुहुन्छ ।’ उपाध्यक्ष पौडेलले भने, ‘पार्टीको सोच गल्ती स्वीकार गरेर आत्मालोचना गर्नोस्, पार्टीको नीति, विधि र महाधिवेशनबाट आएको नेतृत्वलाई मानेर जानोस्, पार्टीको निर्णय मानेर जानोस्, एउटा अनुशासित सदस्य भएर जानोस् भन्ने हो ।
तर उहाँले एकपछी अर्को गल्ती गर्दै हुनुहुन्छ । पार्टीका निर्णयहरु उल्लंघन गर्दै हुनुहुन्छ ।’ ‘गल्ती स्वीकार गर्नुहोस्, गल्ती प्रती आत्मालोचना गर्नुहोस्, अब गल्ती गर्दैन भनेर पार्टीप्रती प्रतिवद्वता जनाउनुहोस्, अनुशासित कार्यकर्ता भएर काममा फर्कनुस् भन्ने हो ।

तर पार्टीको निर्णय पनि नमान्ने, पार्टीको विरोधमा गतिविधि गरिराख्ने गरेमा पार्टी चुप लागेर बस्ने भन्ने हुँदैन ।’ उनले भने, ‘गल्तीलाई निरन्तरता दिँदै गए पार्टीले उचित निर्णय लिन्छ, तमासा हेरेर बस्दैन । रावलको सन्दर्भमा एमाले अब धेरै बेर कुरेर बस्दैन ।’

पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा अछाममा पौडेल सहभागी भएको साफेबगरको कार्यक्रममा रावलको विरोध भएपछी केहीबेर कार्यक्रम बिथोलिएको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार