बेलडाँडी,
आसन्न ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अाज अन्तिम दिन उम्मेदवारी फिर्ता लिने कार्यक्रम चलेको छ ।
अहिले सम्म बेलडाँडी गाउँपालिकामा २ जना वडाध्यक्ष ३ सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा ५ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार राष्ट्रिय जनमोर्चा दासु राना र स्वततन्त्र बाट ४ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण लाल चाैधरी, ४ नम्बरबाट नेकपा माअोवादी केन्द्रकी सुकमाया दमाई, र ५ नम्बर जनता समाजवादी पाटीका बहादुर डगाैरा र ५ नं वडाका वडा सदस्यका खुल्ला सदस्य भगवान सदस्यले उम्मेदवारी फिर्ता लिएकाे निर्वाचन अधिकृतकाे कार्यालय बेलडाँडीले जनाएकाे छ ।
निर्वाचन आयाेगकाे कार्यतालिका अनुसार आज साँझ ५ बजे सम्म उम्मेदवारी फिर्ताकाे समय रहेकाे जनाए।
Discussion about this post