कञ्चनपुर,
नेकपा एकीकृत समाजवादीले बेदकोट नगरका नेता कार्यकर्तालाई प्रशिक्षण गरेको छ ।
शनिबार बेदकोट नगर कमिटिको आयोजनामा नेता कार्यकर्तालाई प्रशिक्षण गरेको हो । नेकपा एकीकृत समाजवादी बेदकोट नगरका युवा नेता केशव खडकाले ‘संगठन सुदृढिकरण विशेष अभियान’ अन्र्तरगत प्रशिक्षण कार्यक्रम गरिएको बताए ।
प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला इन्चार्ज लाल बहादुर खडका, नेता बीर बहादुर बुढाथोकी सहितले ओलीले संविधान मिल्ने कार्य बिरुद्धमा जन्मिएको पार्टीले सविधानको रक्षा गर्ने बताए ।
आगामी बैशाख दोस्रो सातासम्ममा वडा कमिटि विस्तारदेखि भातृ संघ संगठनका भेला सम्मेलन गरिसक्ने भएको छ । राष्ट्रिय भूमि आयोगको राजस्व शुल्क घटाउनुपर्नेमा जोडदिईएको छ ।
नेकपा एकीकृत समाजवादी बेदकोट नगरका अध्यक्ष महेशराज जोशी नेतृत्वमा भएको कार्यक्रममा समाजवादीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
Discussion about this post