बेलडाँडी,
आसन्न ३० गते हुने निर्वाचनमा नेकपा एमालेको निर्देशनलाई नमान्ने तीन जनालाई कारवाहीका लागि जिल्ला सिफारिस गरेको छ ।
पार्टीले टिकट दिएको भन्दा फरक व्याक्तिले उम्मेवारी मनोगत तरिकाले दिएको र पार्टीको आदेशलाई नटेरेको पार्टीका अधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, उम्मेदवारका विरुद्धमा गलत प्रचारगर्ने तीन जना बिष्णुराम उपाध्याय गाउँ कमिटी उपसचिव, भोजराज पाण्डे सदस्य र मनोज कुमार बोहरालाई नेकपा एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी आज बसेको गाउँकमिटीको बैठकले निर्णय नं.१ अनुसार कारवाहीको शिफारिस गरि जिल्ला कमिटी कञ्चनपुरमा पठाउने निर्णय गरेको गाउँ कमिटी अध्यक्ष लक्ष्मण भाटले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
कारवाही गरिएको तीनै जनाले स्वतन्त्रबाट वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मनोज बोहराले वडा नं.१ बाट अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदार दिएका छन् भने बिष्णुराम उपाध्यायले र भोजराज पाण्डेले वडा नं.२ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । पार्टीले बारम्वार फिर्ता लिन अनुरोध गरेपनि उनीहरुले फिर्ता नलिए पछि कारवाही गरिएको जनाइएको छ ।
एमाले बेलडाँडीले भन्यो हाम्रा उम्मेदवार यी होइनन यीनीहरुलाई भोट कसैले पनि नदिन अनुरोध गरेका छन् । यीनीहरुलाई एमालेले कारवाही गरिसकेको छ । त्यसैले सात सुर्यमा सात छाप लागउन आग्रह गरेका छन् ।
Discussion about this post