बेलडाँडी एमालेद्धारा गाउँपालिकाको विगतको समिक्षा गर्दै चुनावी प्रतिवद्धता सार्वजनिक

बेलडाँडी,
नेकपा एमालेले बेलडाँडी गाउँपालिकाद्धारा विगतका कामको समिक्षा गर्दै प्रतिवद्धता पत्र जाहेर गरेको छ । आसन्न ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा अक्कल बहादुर बिष्ट उपाध्यक्षमा फुलदेवी राना वडा नं.१ अध्यक्ष पदमा शंकर भट्ट, २ प्रेमराज खाती, ३ गणेश बहादुर बिष्ट, ४ बिर बहादुर खडका र ५ भीम बहादुर खडकालाई उम्मेदवार खडा गर्दै चुनावी मैदानमा होमिएको हो ।

स्थानीय सरकारको पालामा थुप्रै भएका विकासका काम सार्वजनिक गर्दै एमालेले बेलडाँडीको पक्षमा अझै कतिपय काम गर्न बाकि रहेकोले यस पटक आफ्ना उम्मेदवारलाई जिताए जनताका सपना साकार हुने एमालेले जनाएको छ ।
बेलडाँडी पृष्ठभूमी

बेलडाँडी गाउँपालिका सुदूरपश्चिमको प्रदेशको कंचनपुर जिल्ला सदरमूकामको दक्षिण क्षेत्रमा रहेको शुक्लाफाटा राष्टिय निकुन्ज र भारतिय सिमा संग जोडीएको गाउँपालिका हो । उत्तरमा शुक्लाफाटा राष्टिय निकुन्ज, दक्षिणमा बेलौरी नगरपालिका, पूर्वमा शुक्लाफाटा राष्टिय निकुन्ज र पश्चिममा भारतिय सिमाना जोडिएको गाउँपालिका हो । ३६।५४ वर्ग कि.मि मा फैलिएको छ । यस गाउँपालिकामा शुक्लाफाटा राष्टिय निकुन्ज, कालिकिच ताल, मध्यवर्ति क्षेत्र सहितको केही महत्वपूर्ण प्राकृतिक स्रोत साधन रहेका छन् ।

यस गाउँपालिकामा वसोवास गर्ने समाजको सामाजिक वनोटका हिसावले डोटेली, राना र थारु संस्कृति रहेको र वाहुन, क्षेत्री, ठकुरी, आदिवासी जनजाती थारु, दलित समुदायको मिश्रीत वसोवास रहेको छ । यस गाउँपालिकाको मूख्य पेशा कृषि, पशुपालन, व्यापार, पर्यटन र साना उद्यम रहेको छ । यस उत्तर वाट वग्ने चौधर नदि नियन्त्रण गरिएको भए पनि गाउपालिकाको वडा ५,४,३,२,१ वडाका केही भागहरु डुवान हुने गरेकोछ । जंगलीजनावर आतंक, डुवान, खाद्य अभाव, शिक्षा, स्वास्थ्य, यातायात लगायतका समस्याहरुको हल गर्ने गरि योजना कार्यक्रम तय गरि हाम्रो पार्टीको नेतृत्वको स्थानीय सरकार हुदा निम्न आधारभूत कामहरु सम्पन्न भएका छन ।

१) हाम्रो गाउँपालिका भएर जाने दैजी सडक खण्डको हुलाकी राजमार्ग छिटो छरितो र समयमा निर्माण गर्न पहल गरिएको ।
२) गाउँपालिकाको यातायातको सहजताका लागि आरआरसि समेत करिव २० कि.मि भन्दा वढी वाटाहरु कालोपत्रे र सवै गरिएको छ । साथै गाउँपालिकामा आउने सवै सडकहरु स्तरोन्नती गरिएको छ ।
३) शुक्लाफाटा निकुन्ज भ्रमण गर्न जानका लागि शुक्लाफाटा प्रवेशद्धार निर्माण गरिएको ।
४) संघ सरकारको सहकार्यमा १५ सैयाको अस्पतालको डिपिआर तयार भई टेण्डर प्रकृयामा गएको ।
५) प्रदेश सरकारको सहकार्यमा वडा नं ३ को कमरीमासाथै वडा नं. २ र ५ मा शुक्लाफाटा प्रवेशका लागि पुलको टेण्डर गरिएको ।
६) संघ को सहकार्यमा बेल्डाडीको ३ र बेलौरी १० लाई जोड्ने पुल निर्माण सम्पन्न भएको ।
७) संघको सहकार्यमा वडा नं ३,४ र ५ जोड्ने जामुनघारीको वैवाहको पुल निर्माण गरिएको ।
८) संघ को सहकार्य वडा ३ खैरीघाट र सिमला डाडा जोड्ने पुल निर्माण सम्पन्न गरिएको ।
९) वडा नं. २ मा खानेपानी योजना निर्माण सम्पन्न भएको पानी वितरण प्रकृयामा रहेको र ३र५ मा २ वटा योजना निर्माणधिन अवस्थामा रहेको ।
१०) खरको छाना हटाई टिनको छाना निर्माण अभियान अन्तरगत गाउपालिका अति विपन्न ३३९ परिवारको घरको टिनको छाना निर्माण सहयोग गरिएको ।
११) वडा नं. २ बेल्डाडीको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्टासाउण्ड मसिन, भिडयो एक्सरे मसिन सहित स्त्तरोन्नती गरिएको ।
१२) वडा नं. २ चवन्नी वजार संग जोडीएको क्षेत्रमा खेल मैदानको डिपिआर तयार गरिएको साथै रौलेश्वर जनता आर्दश वहुमूखि क्याम्पसको डिपिआर तयार गरिएको ।
१३) छाडाचौपाया व्यवस्थापनका लागि वडा नं. ५ झिलमिलामा गौशाला निर्माण गरिएको ।

यति हुदा हुदै मूख्य गरि आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, रोजगारी, स्वच्छ पिउनेपानी तथा सरसफाईको प्रत्याभूति गराउन र जनताको विकासको प्रवल चाहाना अनुरुप पूर्वाधार विकास, कृषिको व्यवसायिकरण, उद्यम विकास, रोजगारी सृजना, आवधारभूत आवश्यकताको परिपूर्ति, सुरक्षित आवास, स्वच्छ पिउने पानी, वातावरण संरक्षण, विपद्व्यवस्थापन जस्ता विषयहरुमा दिगो विकासका लागि थप कार्य गर्न प्रष्ट योजना अगाडी सारेका छौ ।

आदरणिय आमा बुवा, दिदि बहिनी तथा दाजुभाईहरु,

नयां वर्ष २०७९ को आगमन संगै स्थानिय तहको निर्वाचन हुन गैरहेको छ । यो स्थानिय तहको निर्वाचनका अवसरमा नेकपा एमाले बेलडाँडी गाउँवासी र सम्पूर्ण नेपाली जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस एतिहासिक परिवर्तनको महान उपलब्धीको रुपमा रहेको नेपालको संविधान कार्यान्वयन भै स्थानिय तहको दोस्रो निर्वाचन यहि २०७९ बैशाख ३० गते हुदैछ । पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ मा बेलडाँडी गाउवासीको अभुतपुर्व योगदान र सहयोगल बेलडाँडी गाउपालिकामा अत्यधिक बहुमतका साथ विजय हासिल गरेको थियो । गाउपालिका वासीहरुको उच्च भावनाको कदर गर्दै हाम्रा जनप्रतिनिधिहरुले श्रोत साधनहरुको सहि सदुपयोग गरी विकास निर्माण र जनमुखी सेवा प्रवाह गरेको समेत जानकारी गर्दछौं ।

आसन्न स्थानीय तहको दोस्रो निर्वाचनमा हाम्रो गौरवमय पार्टी नेकपा एमाले सहभागी हुन गैरहेको यस अवसरमा संविधान, कानुन तथा नियमले दिएका अधिकारहरु सहि सदुपयोग गर्दै सूर्य ध्वजाबाहक उमेद्धारहरुलाई आफ्नो अमुल्य मत दिई जनताको सेवामा समर्पित, बलियो स्थानिय तह निर्माणका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

प्रतिबद्धताहरु

क. शिक्षा

१ गाउपालिका भित्रका युवालाई रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।
२ शिक्षाको गुणस्तर सुधारका लागि नमुना विद्यालय तयार गरिने छ ।
३ संघ र प्रदेश संगको सहकार्यमा माध्यामिक तह सम्म निःशुल्क शिक्षालाई व्यवहारतः निःशुल्क वनाईने छ ।
४ बालविकास कक्षाहरुलाई व्यवस्थीत र सुविधा सम्पन्न बनाईने छ ।
५ आधारभुत तह सम्म स्थानीय पाठ्यक्रम तयार पारि लागु गरिने छ ।
६ निजी श्रोतका शिक्षकहरुले दिर्धकालिन व्यवस्थापनका लागि गाउ शिक्षकको रुपमा रुपान्तरण गरिने छ ।
७ रौलेश्वर जनता आदर्श वहुमूखि क्याम्पसको स्तरोन्नति गरि स्नातकोत्तर तह सम्म पुर्याईने छ ।
८ संघ, प्रदेश, अभिभाव, निजीक्षेत्र, सहकारी, संघ संस्था लगायतको सहभागीतामा गाउ शिक्षा छात्रवृति कोष स्थापना गरि सो कोषवाट अति विपन्न, दलित, महिला र आदिवासी जनजातीलाई छात्रवृद्धि उपलव्ध गराईने छ ।
९ गाउपालिका क्षेत्रमा पढ्ने सिक्ने वातावरणका लागि सार्वजनिक पुस्तकालय निर्माण गरिने छ ।
१० गाउपालिका भित्र प्राविधिक शिक्षाको अवसर प्राप्त नभएको अवस्थामा अति विपन्न जेहेन्दार,दलित, जनजातीका बालबालिका लाई प्राविधिक शिक्षा अध्ययनका लागि सहयोग गरिने छ ।

ख) स्वास्थ्य सेवा
१ टेण्डर प्रकृयामा रहेको१५ शैयाको अस्पताल निर्माण गरि गाउपालिका अस्पतालको रुपमा विकास गरिने छ ।
२ गउपालिका भित्रका अन्य प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रहरुलाई थप स्तरोन्नती गरिनेछ ।
३ २४ घण्टे सुत्केरी स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य संस्थालाई स्तरोन्नती गरि थप क्षेत्रमा विस्तार गरिने छ ।
४ प्रत्येक ६।६ महिनामा जेष्ठ नागरिकहरु तथा दिर्धरोगीहरुको स्वास्थ्य परिक्षण र निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराईने छ ।
५ पूर्ण अशक्त, अपाग, असहाय, गर्भवती, सुत्केरी जेष्ठ नागरिक, अति विपन्नलाई एम्वुन्स सेवा निःशुल्क गरिने छ ।
६ सर्पदंश र रेवीको उपचारको व्यवस्थाका लागि आवश्यक पहल गरिने छ ।
७ युवाहरुमा बढ्दो लागु पदार्थ तथा दुव्र्यसनलाई न्यूनिकरण गर्न आवश्यक कार्यक्रम गरिने छ ।
८ अति विपन्न सवै परिवारको स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा अगाडि बढाइने छ ।
९ गाउपालिका भित्र रहेका सवै स्वयंसेवकीहरुलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिने छ ।
१० महिला र बालबालिकाकोपोषण प्रवद्धन कार्यक्रम संचालन गरिनेछ ।

ग) कृषि तथा पशुपंक्षीः

१ गाउपालिकाको क्षेत्र भीत्र रहेको सिमसार क्षेत्रको अध्ययन गरि किसानहरुले लाभ लिने गरि वैकल्पीक खेतीको लागि आवश्यक सहयोग गरिने छ ।
२ कृषि उत्पापनलाई वजारीकरण गर्न शित भण्डार, बीउ भण्डार, खाद्य भण्डारको व्यवस्था गरिने छ ।
३ उत्पादन किसानको खरिद पालिको अभियान संचालन गरि किसानवाट उत्पादन भएको तर विक्रीहुन नसकेको वस्तु सहकारी मार्फत गाउपालिकाले खरिद गर्ने व्यवस्था मिलाईने छ ।
४ किसानका लागि मल र बीउको खरिद मूल्यमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने छ ।
५ साना सिचाई, डिपवोरमा लगायतका सिचाईका लागि कृषि मिटरको व्यवस्था गरिने छ साथै कृषि मिटरको वील भुक्तानीमा ५० प्रतिशत अनुदान उपलव्ध गराईने छ ।
६ कृर्षिलाई आधुनिकरण, व्यवसायीकरण तथा औद्योगिकरण कृषिको विकास गरिने छ ।
७ एक वडा एक उत्पादनकोकार्यक्रम मार्फत पालिकालाई दुध, माछा, मासु, तरकारीमा आत्मनिर्भर वनाईने छ ।
८ धान र उखुजोन मार्फत खाद्य वस्तुको उत्पादन वृद्धिका लागि सघन खेती कार्यक्रम संचालन गरिने छ ।
९ कृषि क्षेत्रको यान्त्रीकरणका लागि कृषियन्त्र औजारमा अनुदान तथा कृषिमा बिमाको व्यवस्था गरिने छ ।
१०. सहकारी र वैक वैक संगको सहकार्यमा किसानहरुलाई कृषि व्यवसाय तथा उद्यमका लागि कृषि ऋणको व्यवस्थ्था र व्याजमा अनुदान उपलव्ध गराईने छ ।

घ) यातायात तथा पूर्वाधार विकास

१ गाउ क्षेत्र भित्रको प्रस्तावित बेल्डाडी गाउ चक्रपथके अवधारणालाई यथाशिघ्र सम्पन्न गरिनेछ ।
२ गाउ चक्रपथमा गाउपालिका विधुतिय वस सेवा संचालन गरिनेछ ।
३ गाउ पालिका सवै मूख्य सडकहरुलाई कालोपत्रे गरिने छ ।
४ टोल टोलमा रहेका सवै ग्रामिण सडकहरु स्तरोन्नती गरी फराकिलो बनाईने छ ।
५ आवश्यकताको आधारमा कलभट, पुलपुलेसा निर्माण गरिनेछ ।
६ झरना खोला र चौधर नदिको कटान रोक्न तटवन्ध निर्माण कार्यलाई निरन्तरता दिईने छ ।
७ वडा नं.२ चवन्नीमा निर्माणको अन्तिम चरणमा रहेको कवर्डहललाई पूर्णता दिई संचालनमा ल्याईने छ ।
८ गाउपालिकाको वडा नं. ५ को डिपिआर अनुसारको खेलमैदान, चिल्डेन गार्डेन, पिक्नीक क्षेत्रलाई पूर्णता दिईनेछ ।
९ एक वडा एक खेल मैदानको निर्माण गरिनेछ ।
१० प्रत्यक वडाको सडक र चोक चौराहामा सडक वत्ति जडान गरिनेछ ।
११ बेल्डाडी र चवन्नी वजारलाई एकिकृत गरि वजार विस्तार गरिने छ ।
१२ पालिका स्तरमा सुविधा सम्पन्न वस विसौनी (वस पार्क) को व्यवस्था गरिनेछ ।
१३ ज्ञघ।गाउपालिका क्षेत्र भित्र स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्माणाधिन खानेपानी योजनाहरुलाई यथास्रिघ सम्पन्न गरिनेछ साथै थप योजनाहरु अगाडी सारिने छ ।

ङ) वन, वातावरण तथा विपद् व्यवथापनः

१ गाउपालिका भित्र रहेका सार्वजनीक जमीनमा वन वाटिकाको विकास गरिने छ ।
२ एक वडा एक चिल्डेन पार्क निर्माण गरिने छ ।
३ गाउपालिका क्षेत्रभीत्र हरेक सडक किनारमा वहुउपयोगी विरुवा रोपण गरि हरियाली प्रवद्धन गरिने छ ।
४ एक वडा एक फलफुल पकेट विकास गर्ने नीति लिई प्रत्यक वडामा फलफुलका विरुवा वितरण गरिने छ ।
५ गाउपालिकाको वजार क्षेत्रको फोहरमैलाको उचित व्यवस्थापन गरिे स्वच्छ सफा गाउपालिका घोषणा गरिने छ ।
६ घरबाट उत्पादित हुने कुहिएर जाने फोहोर मैलालाई घरमै व्यवस्थापन गर्न प्राङगारिक मल उत्पादन गर्ने प्रविधिको दक्षता विकास गरिने छ ।
७ गाउपालिकामा हुने सवै खालका वहुविपद्को सम्वोधनका लागि विपद्व्यवस्थापन कोष निर्माण गरि प्रभावीतलाई आवश्यक सहयोग पुर्याईनेछ ।
८ गाउपालिकाको विपद्पूर्वतयारी, प्रतिकार्य, पूनःलाभका लागि स्थानीय विपद्तथा कार्यसंचालन केन्द्र स्थापना गरि संचालनमा ल्याईनेछ ।
९ शुक्लाफाटा राष्टिय निकुन्जको जंगली जनावरवाट हुने क्षतीको न्यूनिकरणका लागि सोलार फैन्सीग, मेसवायर र सोलारवक्ति जडान गरि वन्यजन्तुतथा मावन विचको द्धन्द्ध व्यवस्थापन गरिनेछ ।
१० वन्यजन्तुवाट हुने क्षतीकोक्षेतीपूर्ति तथा राहतका हकमा दर्ता जमीनवालाका साथै ऐलानी प्रति जमीनवाला लाई समेत उपलव्ध गराउने व्यवस्था मिलाईने छ ।

च) स्थानिय वजार, उद्योग तथा रोजगारी

१ कृषि, पशुपालन, पर्यटन, यातायात, उद्यम विकास, सिपमूलक लगायतका क्षेत्रमा युवाहरुलाई परिचालन गरि एक घर एक रोजगार कार्यक्रम संचालन गरिनेछ ।
२ कामकालागि भारत र अन्य देशको रोजगारीवाट फर्किएकाहरुले स्थानीय स्तरमा उत्पादनमूलक उद्योग, उद्यम वा व्यवसाय संचालन गर्न चाहेमा लगानीमा आवश्यक साझेदारी गरिनेछ ।
३ गाउपालिका भित्रका कृषक तथा साना उद्यमीहरुका लागि कृषिमा आधारित उद्योगहरुको प्रवद्धनका लागि आवश्यक साझेदारी र सहयोग गरिने छ ।
४ स्थानिय स्तरमा उपलब्ध कच्चा पदार्थ तथा प्रविधिलाई आयमुलक कार्यक्रम संग जोड्न स्थानिय उद्योग स्थापनालाई प्राथमिकतामा राखिने छ ।
५ गउपालिका क्षेत्र भित्र रहेका बजार क्षेत्र तथा बजार उन्मुख क्षेत्रको पहिचान गरि बजार व्यवस्थापन समिति निर्माण गरि व्यवस्थित गरिने छ ।

छ) धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्र
१ कालिकिच तालको डिपिआर अनुसार पर्यटक क्षेत्रको गन्तव्यको रुपमा विकास गरिने ।
२ गाउपालिकाको वडा नं.२ को शुक्लाफाटा प्रवेशद्धारवाट राष्टिय निकुन्जमा पर्यटकिय भ्रमणका लागि प्रवद्धनात्मक कार्यक्रम संचालन गरिनेछ ।
३ स्थानिय तहमा वसोवास गर्ने विभिन्न जातजाती तथा डोटेली, राना चौधरी थारुकोभाषा, संस्कृति लाई प्रवद्धन गरिने छ ।
४ गाउपालिका क्षेत्र भित्र रहेका विशेष पर्व संचालन गरिनेमन्दिरको पुनः निर्माण तथा स्तरोन्नती गरि धार्मिक प्रयटकीय क्षेत्रको रुपमा विकास गर्ने ।

ज) सुशासन तथा पारदर्शिता

१ गाउपालिकामा हाल रहेका कानुन, नीति, नियमावलीहरुलाई समय सापेक्ष वनाईने छ साथै आवश्यकता महसुश गरिएका थप कानुन निर्माण गरिने छ ।
२ गाउपालिकाले निर्धारण गर्ने कर तथा शुल्कलाई जन सुनुवाई गरि जनमैत्री वनाईने छ ।
३ जनभावना अनुसार स्थानिय करको दायरा फराकिलो गरिने छ ।
४ नगरपालिकाको प्रत्येक ६।६ महिनामा सार्वजनिक सुनुवाईमार्फत आर्थिक पारदर्शिता र जवाफदाहिता कायम गरिने छ ।
५ गाउपालिकाको योजना निर्माण तथा वितरण प्रक्रियामा आवश्यकता तथा सामाजिक न्यायको शिद्धान्तलाई अवलम्बन गरि न्यायोचित ढंगले ब्यवस्था मिलाइने छ ।
६ गाउपालिकावाट प्रदान गरिने सेवा प्रवाहमा डिजिटल तथा विधुतिय प्रणलीको अवलम्वन गरि सेवाग्राहीमैत्री वनाइने छ ।
७ गाउपालिकामा उत्कृषट कार्य गर्ने विषयगत कर्मचारी र मूख्य सरोकारवाला संघ संस्था र निकायलाई पुरस्कृत गरिने छ ।

झ) महिला तथा लक्षित समुदाय उत्थान

१ महिलाहरुको क्षमता अभिवृद्धि गर्न आयआर्जन, सिपमुलक, सचेतनामुलक तथा नेतृत्व विकास कार्यक्रम ल्याइने छ ।
२ महिला उत्थानका लागि एक गाउ एक उद्यम कार्यक्रम संचालनमा ल्याईने छ ।
३ महिला हिंसा न्यूनिकरण र लैङ्गिक हिंसा अन्त्यका लागि जागरण अभियान संचालन गरिने छ ।
४ गरिब तथा विपन्न परिवारका बालिकाहरुलाई उच्च शिक्ष्ाँमा पहुंच कायम गर्न बालिका वैक खाता संचालन गरिने छ ।
५ असहाय सहयोग कोष स्थापना गरि कार्यान्वयन गरिने छ ।
६ एकल महिलाहरुका लागि स्वरोजगारमुलक कार्यक्रमहरु संचालन गरिनेछ ।

ञ) विविधः

गाउपालिका भित्रका प्रत्येक टोलहरुमा टोल विकास समिति गठन गरि विकास निर्माण, मेलमिलाप तथा मध्यस्तताको व्यवस्थापन गर्न आवश्यक कार्याक्रमहरु संचालन गरिने छ ।
गाउपालिका भित्र वसोवास गरिरहेका आरक्ष पिडीतहरुको उचित व्यवस्थापनका लागि पहल गरिनेछ ।
विद्युत्को पहुंचबाट टाढा रहेकालाई वैकल्पिक उर्जाको व्यवस्था गरि उनिहरुको जनजिवीकालाई सहज बनाईने छ ।
पालिका क्षेत्र भित्र हाल संचालित जग्गा नापी कार्यक्रमलाई निस्कर्षमा पु¥याउन आवश्यक पहलका साथै सहयोग गरिने छ ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समस्याहरुलाई समाधान गर्न सम्बन्धित निकायहरु संग समन्वय गरि समाधानका कार्यक्रमहरु ल्याइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित