बेलडाँडी नेकपा माओवादी केन्द्र र नेकपा (एस)का उम्मेदवारहरुको घोषणा–पत्र सार्वजनिक,

बेलडाँडी,
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्र र ने.क.पा.(एकीकृत समाजवादी) बेलडाँडी गाउँपालिकाले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विशेषज्ञ सहितको सुविधा सम्पन्न पालिका अस्पतालको निर्माण, सबै वडाका आधारभूत स्वास्थ्य इकाई कार्यालयलाई व्यवस्थित गरिने, सामुदायिक औषधी पसल सञ्चालन गरिने, प्रत्येक ६ महिनाको अन्तरालमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरिने छ, प्रविधिमैत्री पालिका स्तरीय नमुना विद्यालयको स्तरोन्नती गरि प्राविधिक शिक्षामा आम नागरिकको सहज पहुँच पु¥याउने, पालिका स्तरीय पुस्तकालय निर्माण गर्ने, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गरि सरकारी विद्यालयलाई गुणस्तरीय र बेवस्थित बनाइदै लगिने छ ।

पालिका अध्यक्षका उम्मेदवार ईश्वरी दत्त भट्टले सार्वजनिक गरेको घोषणपत्रमा पालिकास्तरमा प्रत्येक वर्ष तीन सय जना युवालाई रोजगारमुखी तालिम प्रदान गरिने जनाएको छ । जेहेन्दार, विपन्न, सहिद र वेपत्ता परिवारका सन्ततिका लागि उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति कोषको स्थापना गरिने, स्थानीय उत्पादित कृषि सामग्री संकलनका लागि पालिका स्तरीय कोल्ड स्टोर स्थापनाका साथै विउविजन संकलन र संरक्षण केन्द्रको स्थापना, पालिका स्तरीय विउविजन । मलखाद विक्रि डिपो स्थापना, कृषि पोकेट क्षेत्र निर्धारण गरी कृषकहरुको वर्गिकरण र कृर्षकको तालिम अभिमुखीकरणका साथै अनुदान प्रात्साहन गरि कृषि विमा कार्यक्रम कार्यान्वयनमा ल्याउने, पालिका स्तरीय दुग्ध संकलन केन्द्र स्थापना गरिने, कच्चा पदार्थमा आधारित घरेलु उद्योग स्थापनामा जोड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सँग सहकार्य गरी यस क्षेत्रकै उत्कृष्ट प्रयटकीय स्थल कालिकीच ताललाई पर्यटकीय स्थलनिर्माणको गुरुयोजना बनाइने, स्थानीय स्तरका कला संस्कृति तथा परिकारको पहिचान, प्रचार र व्यावसायिकीकरण गर्दै आयआर्जनको स्रोतका रुपमा विकास गरिने, पालिका स्तरीय खेलमैदान सहित सुविधा सम्पन्न कर्बडहलको निर्माण गरिनेछ, एक विद्यालय एक खेल शिक्षकको व्यवस्था गरिनेछ, स्थानीय स्तरमा छरिएर रहेको पुँजी संकलन गरि पुँजि निर्माण र सो पुजिँलाई उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगार सृजना गर्न सहकारीको स्थापना, व्यवस्थापन र नियमन गरिने, सबै किसिमका सामाजिक सुरक्षा भत्ता घरमै भुक्तानीको व्यवस्था मिलाउने, जन्म र मुत्यु दर्ता निशुल्क गर्ने व्यवस्था मिलाइनेछ, पालिका स्तरमा वास्तविक बेरोजगारको पहिचान र तिनीहरुका लागि सिपमूलक तालिमको व्यवस्था गरी स्वरोजगार बनाउने, अग्नि नियन्त्रण साधनको व्यवस्था गरिनेछ, आरक्ष पिडित कृषकहरुको समस्या समाधान गर्ने, सिमसार क्षेत्रमा डे«नको व्यवस्थाका साथै नदि कटान क्षेत्रमा दिर्घकालिन टतबन्ध निर्माण गरिनेछ, आरक्ष नजिकका क्षेत्रहरुमा जंगली जनावरको जोखिम न्युनीकरण गर्नका लागि गुरुयोजना निर्माण गरिने घोषणा पत्रका उल्लेख गरिएको छ ।

जनमुखी स्थानिय सरकार विकास र समृद्धिको आधार भन्ने नारा सहित अध्यक्षका उम्मेदवार भट्टले आफ्नो तर्फबाट थपेका छन् “५० युनिटसम्म विजुली निशुल्क, निजी स्रोत शिक्षकलाई गाउँपालिकाको अनुदान कोटा शिक्षकमा रुपान्तरण गर्ने, जेष्ठ नागरिक र गर्भवति महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, रेबिज र सर्पडंस केन्द्रको स्थापना, कालिकिच ताललाई प्रयटकीय हवको रुपमा प्रवद्र्धन गर्ने, प्रत्येक ६÷६ महिनामा विशेषज्ञ डाक्टर द्वारा निशुल्क स्वास्थ्य शिविर, क्भ्भ् का उत्कृष्ट पाँच जना छात्र÷छात्रालाई पालिका छात्रवृत्तिको व्यवस्था, थारु संस्कृति संरक्षणका लागि थारु संग्रहालयको स्थापना, प्रत्येक वर्ष ३०० जना युवा÷युवतीलाई रोजगारमुखी तालिम प्रदान गरिने, प्रत्येक वडामा उत्कृष्ट ५÷५ जना कृषकलाई कृषि सहुलियत कर्जाको व्यवस्था गरिनेछ, सबै छात्राहरुलाई सेनेटरी प्याड निशुल्क उपलब्ध गराउँदै कक्षा ८ सम्म दिवाखाजाको व्यवस्था गरिनेछ, सामुदायिक विद्यालयका शिक्षकहरुलाई तलब भत्ता मासिक रुपमा उपलब्ध हुने व्यवस्था गरिने बेलडाँडी नेकपा माओवादी केन्द्र र नेकपा (एस)का उम्मेदवारहरुको घोषणा–पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित