एसएसबीले नेपाली नागरिकलाई यातना दिएको बिरोधमा नेकपाद्वारा कञ्चनपुरमा प्रदर्श

33
VIEWS

कञ्चनपुर:

भारत नेपाल सीमा नाकामा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । भारतीय एसएसबीले नेपाली नागरिकमाथि कुटपिट , दुर्व्यबहार र जमिन पटक पटक अतिक्रमण गरेको भन्दै सो कुराको विरोध स्वरूप शुक्रवार कञ्चनपुरको गड्डाचौकीमा नेकपा कञ्चनपुरले प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शन पश्चात आयोजित विरोध कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले अहिलेको दलाल संसदीय व्यवस्थाकै कारण भारतीय हस्तक्षेप बढेको र राजनीतिक दलहरु र यहाँको गृह प्रशासन निरीह रहेको बताए।

 

नेपाली नागरिकले भारत संगको सीमा नाकामा स्वतन्त्र ढंगले आवतजावत गर्ने स्थिति छैन यसको एउटै कारण हो यहाँको लाचार प्रशासन , नेता विराटले भने ।

उनले भने , “ यो देशका लाचार शासकहरूको कारणले गर्दा देशको राष्ट्रियता , स्वाभिमान र सार्वभौमिकता दिनदिनै खतरामा पर्दै गएको छ हामी भन्न चाहन्छौं देशको नदीनाला, सिमाना र राष्ट्रियतालाई बन्धक राखेर आफ्नो स्वार्थ पूरा गर्न लागि पर्ने शासकका विरुद्ध आम नेपाली जनताले आन्दोलनमा उत्रिन पर्ने आज अनिवार्य आबस्यकता भइसकेको छ ।

 

” आज आफ्नो पार्टीले सीमामा गरेको विरोध प्रदर्शन सांकेतिक रहेको बताउँदै भारतीय पक्षले ज्यादती नरोके अब नेपाली जनता निर्मम संघर्षमा जाने उनको भनाइ थियो ।

देशको हरेक क्षेत्रमा देखिएको समस्याको कारण विद्यामान संसदीय व्यवस्था रहेको र यसको अन्त्य गरेर वैज्ञानिक समाजवाद आए मात्रै समाधान हुने बताए ।

त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रकाश सीले देशमा बढ्दै गएको परनिर्भरतालाई रोकेर देश आत्मनिर्भर हुनुपर्ने बताए ।

आत्मनिर्भरताले भारतीय हस्तक्षेप रोक्न ठूलो सहयोग हुन्छ – उनले भने “भारतले एकपक्षीय रुपमा नेपाली जनतालाई निरन्तर दुःख दिइरहेको हुँदा जनताले जागृत भएर सशक्त आन्दोलनमा आउनुपर्ने उनको जिकिर थियो ।”

कार्यकम प्रदर्शनकारीले भारतीय हस्तक्षेप बन्द गर , राष्ट्रियताको रक्षा गरौ , नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद जस्ता नारा लगाएका थिए । उक्त विरोध प्रदर्शनको कोण सभाको कार्यक्रम सञ्चालन अखिल क्रान्तिकारी महाकाली ब्युरो इन्चार्ज शंकर सि ले गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार