कञ्चनपुर,
कञ्चनपुरको महाकाली पुल योजना कार्यालयका सवारी साधन दोहन रोकिएको छैन ।
कार्यालयको कामकाज भन्दा पनि कर्मचारीले निजी काम घुमफिर मोजमस्तीका लागि सवारी साधन दोहन गरिरहेको पाईएको छ ।
गत पुषमा समेत ईन्जिनियर सहितका कर्मचारीले सवारी साधन दुरुपयोग गरेको भन्दै नेकपा एमाले, माओवादी निकट युवाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
महाकाली पुल आयोजनाका कार्यालयको काम भन्दा पनि निजी कामका लागि महेन्द्रनगरदेखि धनगढीतर्फ लगिरहेको सवारी साधन भाँसी क्षेत्रमा एमाले र माओवादी निकट युवा विद्यार्थीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको घटना सेलाउन नपाउँदै फेरी उक्त आयोजनाको सवारी साधन दुरुपयोग भएको पाईएको छ ।
महाकाली पुल आयोजनाका कर्मचारीले मदिरा सेवन गरेर रातीका बेला सवारी साधन दुरुपयोग गरेको भन्दै एमाले निकट युवाहरुले नियन्त्रणमा लिएका छन । शुक्रबार राती ९ बजेतिर एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका नेताहरुले नियन्त्रणमा लिएका हुन ।
राष्ट्रिय युवा संघ कञ्चनपुरका युवा नेता प्रविन बोगटीले महाकाली पुल आयोजनाको काम भन्दा पनि निजी काम र मदिरा सेवनका लागि दुरुपयोग भएको आयोजनाको जिप नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । युवा संघका नेता बोगटीका अनुसार स्टेट ३ बा एए ०६७९नम्बरको जिप नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएको छ ।
उक्त जिपभित्र लेखा अधिकृत केशव भट्ट केही कर्मचारी रहेको उनीहरुले मदिरा सेवन गरेको आरोप लगाईएको छ । गत पुष दोस्रो साता र चैत्र तेस्रो साता आयोजनाको सवारी साधनमा सवार कर्मचारी फरक फरक हुन ।
गत पुष र अहिले कार्यालयकै प्रयोजन कामकाजका लागि प्रयोग भएको कर्मचारीले दावि गरेका छन । कञ्चनपुरमा सरकारी साधन दुरुपयोग मात्रै होईन दोहन हुँदा समेत सम्बन्धीत निकाय गम्भिर भएको छैन ।
सरकारले सार्वजनिक खर्चमा मितव्ययी गर्न पटक पटक निर्णयदेखि यस पटक २०प्रतिशत बजेट कटौती सहितका निर्देशन जारी गरेपनि कर्मचारीले सरकारको निर्णय निर्देशन टेरेका छैनन ।
कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग झन झन बढि नयाँ नयाँ भेरियन्टमा दुरुपयोग हुँदा समेत प्रशासन एक्सनमा नउत्रिएपछि स्थानीयले प्रशासनप्रति विश्वास गर्न छाडेका छन ।
Discussion about this post