नेल्टा कञ्चनपुरको अध्यक्षमा जोशी

20
VIEWS

कञ्चनपुर,
नेपाली अंग्रेजी भाषा शिक्षक संघ(नेल्टा) कञ्चनपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार महेन्द्रनगरमा नेल्टा कञ्चनपुरको आठौँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ ।

राजेन्द्र प्रशाद जोशीको अध्यक्षतामा नेल्टा कञ्चनपुरको नयाँ कार्य समिति चयन भएको हो । उपाध्यक्ष राजेन्द्र भट्ट, सचिव पृथ्वीराज भट्ट, सह सचिव नवराज पन्त, सदस्य सचिव चाँदनी पन्त , कोषाध्यक्ष बीर बहादुर चन्द, सदस्य दिपकराज भट्टm पुण्य प्रशाद भट्ट, शकर एसके रहेका छन ।

कार्यक्रममा नेल्टाका सल्लाहकार समेत रहेका सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व क्याम्पस प्रमुख त्रिभुवन कुमार भट्टलाई सम्मान गरिएको थियो । अग्रेजी भाषा शिक्षणमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको नेल्टा कञ्चनपुरका सह सचिव नवराज पन्तले बताए ।

नेल्टा सुप प्रदेशका अध्यक्ष रामजी हमालको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेल्टा कञ्चनपुरका पुर्व अध्यक्ष उत्तम विष्ट सहितको सहभागिता रहेको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार