बेलडाँडीमा अवैध कुखुरा बरामद गरि नष्ट

735
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.३ बैवाह बलराम टोलबाट प्रहरीले अवैध कुखुरा बरामद गरेको छ ।

 

झिलमिला प्रहरी र बेलडाँडी ईलाका प्रहरी कार्यालयको टोलीले शुक्रबार राती करिब ११ बजे बेवारिसे दुई पेटीमा लोड गरी राखेको अवस्थामा फेला परेको बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी गराउनु भयो ।

उहाँका अनुसार तस्करले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको हुन सक्ने बताए ।
गस्ती टोलीले दुई पेटीमा राखेका ३२ पिस अन्दाजी ७० किलो कुखुरा बरामद गरेको हो । बरामद कुखुरा स्थानीय जनप्रतिनिधी बेलडाँडी गापा २ का अध्यक्ष नारद सिह उर्याल, सदस्य करन राना,  नेपाल प्रहरी, सञ्चारकर्मी लगायतको रोहबरमा अहिले ११ बजे नष्ट गरिएको हो ।

भारतमा बर्ड फ्लुको संक्रमण देखिन थालेकाले नेपाल प्रहरीले सतर्कता बढाउदा ठाउँठाँमा अबैध बोइलर कुखुरा बरामद हुन थालेका छन् ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार