बैतडीमा प्रमुख प्रशासकिय अधिकृतले हाले नगरप्रमुख–उपप्रमुख विरुद्ध मुद्दा

33
VIEWS

धनगढी,

बैतडीको पुरचौडीं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले नगरप्रमुख र उपप्रमुख विरुद्ध मुद्दा हालेका छन् ।

उनले नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मिना धानुकविरुद्ध पाटन उच्च अदालतमा मुद्धा हालेका हुन ।

उनले कार्यालयमा नगरप्रमुख र उपप्रमुखले काम गर्ने वातावरण विथोलेकाले कामकाज गर्ने वातावरण मिलाउने आदेश माग गर्दै नगरप्रमुख, उपप्रमुख र संघीय सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको बताएका छन ।

कर्मचारी भर्नाका विषयमा विवाद झिकेर नगरपालिकामा बस्ने वातावरण विगारेको उनले आरोप लगाएका छन । गत फागुनमा रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, एमआइएस अपरेटर एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षामा नेपालीले मनोमानी गरेको आरोप लागेको थियो ।

तर करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षाफल प्रकाशनमा कुनै त्रुटि नभएको नेपालीले दाबी गर्दै आएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार