अधुरा योजना पुरा गर्न फेरी मेरो उम्मेदवारी ः बेलडाँडी २ का वडाध्यक्षमा उम्मेदवार खाती

बेलडाँडी,
आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ बाट वडाध्यक्षमा पुन प्रेमराज खाती यात्रामा देखिएका छन ।
नेकपा एमालेले विश्वासका साथ खातीलाई पुनः अध्यक्ष पदका लागि चुनावी मैदानमा उतारेको हो ।

यस अघि ०७४ सालमा सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा चुनाव जितेका खातीलाई वडामा बलियो उम्मेदवार देखेपछि टिकट दिएको एमाले श्रोतले जनाएको छ ।
झण्डै तीन दशक बढि समयदेखि राजनीति र समाजिक क्षेत्रमा काम गर्दै आएका खातीले दोस्रो पटक वडाध्यक्षको यात्रा तय गरेका छन ।विद्यार्थीकाल देखिनै राजनीतिमा होमिएका उनले यस अघि वडाध्यक्ष हुँदा जनताको मनजित्ने काम र विकास गरेकाले पुन दोस्रो पटक वडाध्यक्षमा पठाइएको हो । नेकपा एमाले बाटका उम्मेदवार प्रेमराज खातीले विगतमा सम्पन्न गर्न बाँकी रहेका केही अधुरा योजना पुरा गर्नका लागि आफ्नो उम्मेदवारी परेको बताए । ‘विगत पहिलो कार्यकालमै थुप्रै काम भएका छन, उनले भने, यस पटकको कार्यकालमा पुरा गछौँ ।’

अधुरा योजनालाई पुर्णता दिन्छु, सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धि गर्छु । स्वास्थ्य क्षेत्र, खानेपानीका योजना थप संचालन गर्छु । ग्रामिण भेगको प्रशुती सेवालाई थप प्रभावकारी बनाउँछु । प्राविधकि शिक्षा संचालन गर्छु । हाम्रो वडालाई गाउँपालिकाको मुटुको रुपमा स्थापना गर्दछु । उनले भने, वडाका आन्तरिक गाँउ जोड्ने सडक सञ्जालले जोड्छौँ ।’ वडालाई उज्यालो बनाउने, गाँउमा शुद्ध खानेपानीको विस्तार गर्छु ।आफुले चुनाव जिते वडाको एकीकृत दिगो विकास र सम्बृद्धिका योजना संचालन गरेर नमुना वडा बनाउने आफ्नो सपना रहेकाले फेरी चुनावी मैदानमा उत्रिएर मतदातासंग मतमाग्दै हिडिरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित