बेलडाँडी,
बेलडाँडी ईलाका प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन नयाँ तरिकाले चेकजाज अभियान चालाएको छ ।
बेलडाँडी इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी बोकेर जिल्ला प्रहरी कार्यालयबाट खटिआएका प्रहरी निरीक्षक पुस्कर पन्त आईसकेपछि बेलडाँडीमा ट्राफिक नियम पालना र दुर्घटना न्युनीकरणका लागि नयाँ अभ्यासको आजदेखि शुरुवात गरिएको छ ।
अभियान अन्तर्गत बेलडाँडी प्रहरी र ट्राफिक प्रहरीले पहिलो चरणमा हेलमेट नलगाउने ब्यक्तिहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, हरेक दिन बेलडाँडी वडाएरीया अन्तर्गत रहेका फरक–फरक स्थानहरुमा चेक जाँच गर्ने, ट्राफिक प्रहरी सहितको सयुक्त चेकिङ राख्ने, पहिलो चरणमा हेल्मेट नलगाएको,दोस्रो चरणमा आवश्यक कागजात बोके नबोकेको कुरालाई मध्यनजर गरी चरणबद्द रुपमा अभियान लाई अगाडी बढाउने, सम्झाई बुझाई गरेको ब्यक्तिले अर्को पटक भए गरेको गल्तिलाई कार्यान्वयन गरे नगरेको रेकर्ड राख्ने, चेकिङमा परेको मिति,स्थान,मो.सा. नं. सहितको सम्पुर्ण बिवरण राखी दोस्रो पटक पनि दोहोरिएमा आवश्यक कारबाही गर्नेगरी चेक जाँच सुरु गरेको बेलडाँडी ईलाका प्रहरी प्रमुख पुस्कर पन्तले जानकारी गराउनु भयो ।
उहाँका अनुसार संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पहिलो चरणमा बेलडाँडी गाउँपालिकाको मुख्य बजार चवन्नी बजार र बेलडाँडी बजारमा चेक जाँच गर्ने क्रममा हेलमेट नलगाएका ३२ जना मोटरसाईकल चालकहरुको फोटोसहितको सम्पुर्ण विवरण राखी पहिलो पटक सम्झाई बुझाई पठाएको बताए ।
यस्तै बेलडाँडीका स्थानीयहरुले यसरी चेतनाको विकास गर्ने गरी प्रहरीको चेकजाँच स्वागतयोग्य भएको बताए । पहिलो चरण सम्झाई बुझाई पठाउने, त्यसपछि पनि नमाने कार्वाही गरिनु पर्नेउनीहरुको धारण थियो ।
Discussion about this post