लालझाडी प्रमुख रानाद्वारा दोदा नदिमा भईरहेको जनताको तटबन्ध कार्यको अनुगमन, समयमै काम सम्पन्न हुनेमा अाशावादी

186
VIEWS

लालझाडी,
लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाद्वारा दोदा नदिमा भईरहेको जनताको तटबन्ध कार्यको अनुगमन गरिएको छ ।

पुस २३ गते देखि शुरू गरिएको कञ्चनपुरको दोदा नदीको तटबन्ध निर्माण कार्यको पालिका अध्यक्ष रानाले अनुगमन गरेका छन् । कटानीको उच्च जोखिममा रहेको दोदा नदीमा तटबन्ध निर्माण कार्य भईरहेको छ ।

चुरे भएर दक्षिण बग्ने दोदा नदीले हरेक बर्षातका बेला लालझाडी गाँउपालिकामा बढि क्षति पु¥याउँदै आएको थियो । बर्षातका बेला दोदा नदीको उच्च कटानी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको हो ।

दोदा नदीले सबैभन्दा बढि लालझाडी क्षेत्रमा विपद् जोखिम निम्तिन थालेपछि उच्च प्राथमिकताका साथ तटबन्ध निर्माण कार्य भईरहेको छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय ७ कञ्चनपुरले चालु आर्थिक बर्ष २०७९/०८० मा दोदा नदीमा ११ सय २० मिटर लम्बाई र ५ मिटर जति उचाईको तटबन्ध निर्माण गर्न लागेको छ ।

अध्यक्ष रानाका अनुसार प्रसंसा, भागेश्वर जेभीले ११ सय २० मिटर तटबन्ध निर्माणको कार्य गरिरहेको बताए । ५ करोड ९१ लाख लागतमा तटबन्ध निर्माणका लागि एक बर्षको समयसीमा दिईएको छ सो अनुसार काम सन्तोषजनक भएको जनाए । तटबन्ध निर्माण भएसंगै लालझाडीको उर्बराभूमि कटानीबाट जोगिने र जसबाट किसान प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष रानाको भनाई छ ।

कटानीबाट प्रभावित भएका जनता समेत तटबन्ध निर्माण हुन थालेपछि उत्साहित भएका छन ।

लालझाडीका युवा समाजसेवी तथा  नेता अमर सिह रानाले विगतदेखिको बारम्बार पहल र गत स्थानीय तहमा चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप तटबन्धको काम सन्तोषजनक तरिकाले अघि बढेको बताए ।

उहाँका अनुसार अहिले निर्माण हुने तटबन्धले सयौँ किसानको जमिन कटानी र दर्जनौँ स्थानीय डुवानबाट सुरक्षित हुने बताए । बाँकी नदी नियन्त्रणका लागि समेत सरकारी निकायहरूमा पहल भएको जनाए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार