कञ्चनपुर,
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कंचनपुरले ४४ शिक्षक दिवस मनाएको छ| सङ्गठनको बिधिवत स्थापना दिन चैत्र २९ लाई शिक्षक दिवसको रुपमा मनाउने गरेको छ |
जिल्ला समन्वय समितिको सभाकक्षमा जिल्ला भरिकै शिक्षक हरुको उपस्तिथितिमा शिक्षक दिवस मनाइएको छ| सङ्गठनका जिल्ला अध्यक्ष बेद प्रसाद उपाध्याय को अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय समिती सदस्य भवानी चन्द प्रमुख अतिथि रहेका थिए भने जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहरा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रदेश अध्यक्ष दामोदर भट्ट बिशिस्ट अतिथी रहेका थिए|
जिल्ला सचिव उत्तम बिष्टले सन्चालन गरेको कार्यक्रममा मा. बि तहमा भुवनेस्वरी मा. बि सिसैयाका प्र. अ रण बहादुर दौल्याल र आधारभूत तह तर्फ बि. पि आधारभूत बिद्यालय ओदालीका प्र. अ वीर राम सार्की लाई बिध्यालयमा गरेको बिकास र गुणस्तर सुधारको निम्ति सम्मान गरेको छ|
Discussion about this post