एमाले भीमदत्त नगर भन्छ, ‘महाकाली रोयल्टीमा अनियमितता भईरहेको छ’

12
VIEWS

कञ्चनपुर,
नेकपा एमाले भीमदत्त नगर कमिटीले महाकाली नदीबाट रोयल्टी संकलनमा अनियमितता भएको जनाएको छ ।

एमाले भीमदत्त नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै महाकाली नदीबाट रोयल्टी संकलनमा अनियमितता भएको जनाएको हो ।

एमाले भीमदत्त नगर कमिटीले रोयल्टी संकलनमा व्यापक अनियमितता भईरहेको बिना छाप रसिदकाटेन, एकै रसिद बारम्बार काट्ने जस्ता अनियमितता भएको आरोप लगाएको छ ।

एमाले भीमदत्त नगरका अध्यक्ष हिमाल चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा राजस्व संकलन जस्तो सम्वेदनशिलता काममा भईरहेको अनियमितता बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।

एमाले भीमदत्त नगर कमिटि अध्यक्ष हिमाल चन्द यस अघि भीमदत्त नगरका प्रवक्ता एव १७का वडाध्यक्ष थिए । उनले ठेक्का प्रकृयाबाट नगराई आफै अमानतामा कार्यालयले उठाईरहेको विषयमा टिप्पणी गरेका छन ।

हुनत महाकाली नदीको रोयल्टी संकलन ठेक्का सहितमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्तकालिन भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्ट, लेखा अधिकृत गोबिन्द उपाध्याय, ईन्जिनियर हिमालय सिह ऐर, प्रशासकिय अधिकृत सुभास अधिकारी, लेखापाल दिपेन्द्र चौधरी नासु विष्णूदेव भट्ट सहितका नाममा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक बर्ष २०७८/०७९को महाकाली नदीको रोयल्टी संकलनमा बदमासी भएको भन्दै अख्तियारले उनीहरु बिरुद्धमा मुद्दा दायर गरेको घटनाले समेत महाकाली नदीबाट संकलन हुने रोयल्टीमा बदमासी हुने गरेको पुष्टी गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार