एमाले सुदूरपश्चिमद्वारा विशु पर्व मनाईदै

कैलाली,
विशु पर्व विषेश गरी सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइन्छ ।

यो पर्व बैशाख एक गते अाजकै दिन मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजु,साथीभाइहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ।

देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।

हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ ।


यसै अवसरमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अायोजनामा धनगढीमा विशु पर्व तथा शुभकामना अादान प्रदान कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूले सिस्नु लगाउदै बिशु पर्व मनाएका छन् ।

कार्यक्रममा एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पाैडेल, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतका नेता कार्यकर्ताहरूले सिस्नु लगाउदै शुभकामना अादान प्रदान गरि बिशु पर्व मनाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित