बेलडाँडी,
सडक स्तरोन्नतीमा बदमासी हुन थालेको भन्दै बेलडाँडी ३ कमरीका स्थानीयद्वारा खवरदारी थालिएको छ ।
उपभोक्ता समितिले सडक स्तरोन्नतीको योजनामा बदमासी गर्न लागेको भन्दै स्थानीय वासिन्दाले विरोध गरेका छन् । स्थानीयका अनुसार माटो हाल्ने ठाउँमा बालुवा हालिएको छ जबकी योजनाको स्टमेट भन्दा अतिरिक्त ठाँउबाट ग्राभिल र माटो भरान कार्य गर्न लागेको स्थानीयले अारोप लगाएका छन् ।
स्थानीय राम बहादुर रानाले स्टमेट भन्दा बाहिर गएर सडक निर्माण त्यसमा पनि ग्राभिल हाल्नुपर्नेमा वालुवा, माटो हालेर योजना फछ्यौट गर्ने दाउमा उपभोक्ता समिति रहेको बताए ।
उनका अनुसार बलुरानाको घरदेखि जगदिश रानाको खेतसम्म झण्डै ५ लाख बजेटमा सडक ग्राभिल स्तरोन्नती गरिदैछ । तर, उपभोक्ता समितिले बदमासी गरेपछि सरकारको लगानी बालुवामा पानी भईरहेको उनीहरूले जनाएका छन् ।
सडक स्तरोन्नतीमा बदबासी हुनथालेको भन्दै शनिबार स्थानीयले बिरोधका साथै खवरदारी गर्दै स्टमेट अनुरुप सडक निर्माणदेखि गुणस्तरिय बनाउन माग अघि सारेका छन ।
यश अघि स्थानीयसंग उपभोक्ता समितिका पदाधिकारीहरूले स्टमेट अनुरुप गुणस्तरिय काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरीले उक्त स्थानमा सडक स्तरोन्नतीमा आएको विवाद समाधान गरिने बताए । शनिबार आफैले सडक निर्माण स्थलमा अवलोकन गरेर स्थानीयसंग छलफल गरेको बताए । ‘त्यहाँ सडक निर्माणमा दुई पक्षका अलग अलग भनाई देखिए, ‘वडाध्यक्ष चौधरीले भने, ‘राम बहादुर राना र रामकिशन राना दुई पक्षविच सडक निर्माणमा अलग अलग भनाई देखिएका छन, दुवैको भनाई सम्बोधन गर्दै वडा अघि बढ्छ ।’ अाफुले योजना नामाकरण गर्ने कर्ममा चतुरको नाम नजानेर बल्लुरानाको नाम लेखिएको बताए ।
उपभोक्ता समितिका सचिव खगेन्द्र रानासंग सम्पर्क गर्न खोज्दा रानाको ९८०४९३५५२६टेलिफोन उठेन । यद्यपी यसरी सडकमा भएको बेतिथिका विषयमा पालिका सहितका निकायले जिम्मेबारीपुर्वक हेनुपर्ने देखिन्छ ।
Discussion about this post