साझा आवाजको टिमद्धारा बेलडाँडीमा छड्के अनुगमन, ८० प्रतिशत कर्मचारी भेटिएनन कार्यालयमा, स्थानीय भए चकित

464
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा साझा आवाजको टिमले छड्के अनुगमन गर्दा ८० प्रतिशत भन्दा बढी कर्मचारी कार्यालयमा नभएको बस्तुगत रिर्पोट सार्वजनिक गरेको छ ।

 

लामो समय देखि कञ्चनपुरमा सुशासन, पारदर्शिता, जवाफदेहिताका पक्षमा वकालत गर्दै आएको साझा आवाजको टिमले बेलडाँडी गाउँपालिमा समेत छड्के अनुगमन गर्दा कार्यालय कर्मचारी विहिन अवस्थामा फेला पारेको हो ।

बेलडाँडीका अधिकांस नागरिकहरुको गुनासो बढेपछि साझा आवाजको टिम बेलडाँडी पुगेर छड्के अनुगमन गरेको पत्रकार केशब भट्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बेलडाँडी गाउँपालिकामा सेवाग्राहीहरुले समयमै सेवा नपाउने आफुलाई गुनासा आएपछि आफ्नो टिम सहित गत चैत मसान्तका दिन अनुगमनमा आएको बताए ।

आफु आएको बेला केहि कर्मचारी बाहेक अधिकांस कर्मचारी नभेटिएको बताउदै सेवाग्रहीहरुले कति दुःख पाइराखेका होलान भन्दै चिन्ता व्यक्त गर्नु भयो ।

टिमले त्यति मात्र होइन कर्मचारीले फिल्ड जादा वा कार्यालयको समयमा कार्यालयको कामले बाहिर जादा लगबुक भर्नुपर्ने हुन्छ तर बेलडाँडीमा आजका मिति सम्म कुनैपनि कर्मचारीले लगबुक नभर्ने गरेको कर्मचारीहरुले आफै स्वीकार गरेको कुरा समेत सार्वजनिक भएको छ ।

यति मात्र होइन बेलडाँडीमा लगबुक भए नभएको एकिन गर्न प्रमुख प्रसाशकीय अधिकृत पदमराज जोशी समेत अलमलमा परेको थिए । पत्रकार भट्टले माइक्रोफोन बुम मुखमा पुर्याउदा कर्मचारीहरुलाई पसिना हुदै बारम्वार बोली फेरिरहेका थिए । उनीहरु कति बेला लगबुक छ आज मात्र भरेका छैनौ भन्दै थिए भने कति बेला लगबुक छाप्न दिएका छौ भन्दै अात्तिदै जवाफदिइराखेका थिए । उनीहरु कर्मचारीको बचाउका लागि सबै फिल्ड गाका छन् भन्दै बचाउमा लागेको बोलीबाट प्रष्ट देखिन्थ्यो ।

पत्रकार भट्ट लगायत भट्टको टिमले बाहिर ल्याएको विषयको बेलडाँडीका स्थानीय बासिन्दाहरुले स्गागतयोग्य कदम भन्दै सामाजिक संजाल तताएका छन् । बेलडाँडीका युवाहरुले अव बेलडाँडी गाउँपालिकामा भइरहेको अन्य कुरामा समेत चासो सबैले राख्नु पर्ने भन्दै चिया चोकहरुमा कुरा चल्न थालेको छ ।

न्युन आय श्रोत भएको पालिकामा सावारी साधनले भरिएको भन्दै चिन्ता समेत गरेका छन् । पालिकालाई आर्थिक भार कम गर्न अव युवा जाग्नुपर्ने स्थानीय बताउछन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार