सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग सांसद तामाङकाे माग

87
VIEWS

काठमाण्डाैं,
नेकपा एमालेका सांसद तारा लामाले कञ्चनपुरको भारतसँगको सीमा विवाद समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भारतसँगको सीमा विवादका कारण कञ्चनपुरका नागरिकले वर्षौदेखि सास्ती बेहोर्दै आएको बताउँदै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले संसदमा सिमानामा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक र कर्मचारीहरुमाथि ज्यादती गरिरहेको घटना सुनाए ।

‘कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा विद्युत् लाइन विस्तार गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई भारतीय सुरक्षाकर्मीले धाकधम्की गरेका छन् । कहिले हुलाकी सडक बनाउँदा अवरोध गरिएको छ, कहिले विद्युत् विस्तारमा अवरोध गरिएको छ । सीमा क्षेत्रमा नेपाली नागरिकहरूले असुरक्षित महसुस गरिरहेका छन् ।

जनतालाई सुरक्षाको अनुभूति हुने गरी सीमा विवादको समाधान खोजियोस् ।’

त्यसैगरी उनले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादतीको भर्त्सना गर्न समेत माग गरेका छन् । ‘२०७३ फागुन २६ गते गोविन्द गौतमले सहादत प्राप्त गरेको जस्तो त्यहाँको जनताले फेरि भोग्नु नपरोस्,’ लामाले भने ।

यसभन्दा अघि बेलौरीमा नेपाली भूमिमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको थियो । बेलौरी नगरपालिकाले वडा नम्बर १० सरघाट क्षेत्रमा सडक विस्तार थालेको थियो । पुरानो सडकलाई नगरपालिकाले ग्राभेलका लागि ८ लाख बजेट छुट्याएको छ । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार