बेलडाँडीको एक विद्यालयले गर्यो शिक्षक कर्मचारी र समितिका सम्पुर्ण सदस्यले अाफ्ना नानीबाबु सरकारी विद्यालय भर्ना गर्ने निर्णय

635
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.१ झर्नासनगरमा रहेको सरस्वती माध्यमिक विद्यालयले महत्त्वपूर्ण निर्णय गरेको छ ।

 

विद्यालयले उक्त विद्यालयसंग जोडिएका शिक्षक कर्मचारी र समितिका सम्पुर्ण सदस्यले अाफ्ना नानीबाबुहरूलाई अनिवार्य सरकारी विद्यालय भर्ना गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहले जानकारी गराउनु भयो ।

वहाँका अनुसार हाम्रो समितिले बेलडाँडीको शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि र सबैले सरकारी विद्यालय भर्ना गरे रेखदेख हुने लापरबाही कसैपक्षबाट नहुने हुदा अनिवार्य भर्ना गर्ने निर्णय गरेको जनाए ।

हिजो अाइतवार विद्यालयले विद्यार्थी भर्ना सम्वन्धि सूचना समेत जारी गरेको छ ।

उपरोक्त विषय सम्बन्धमा यस विद्यालयको शैक्षिक सत्र २०८० का लागि मिति २०८०/०९/०३ गते देखि मिति २०८०/०१/१५ गते विहान ७:०० बजे देखि दिउसो १:०० बजे सम्म “समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने मूल नाराका साथ वाल विकास र कक्षा १ मा अंग्रेजी माध्यममा पढाई हुने गरी वाल विकास देखि कक्षा ९ सम्म भर्ना खुलेको जानकारी उल्लेख गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार