यस बर्ष समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा

32
VIEWS

कञ्चनपुर,
यस बर्ष विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने भएका छन ।

विगतका बर्षहरुमा शैक्षिकसत्र शुरु भएको ६ महिनासम्म पनि पुस्तक नपुग्ने समस्या थियो, यस पटक सरकारले ताकेता गरेसंगै समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छ ।

नयाँ शैक्षिक सत्र २०८० सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केन्द्रमा अनुगमन गरेको छ । सोमबार पाठ्यपुस्तक बिक्री–वितरण र छपाइको विषयमा अनुमन गरेको हो ।

अनुगमन पश्चात केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक र्पुयाउने गरी काम भइरहेको बताए। उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयमा पाठ्यपुस्तक पुगेको बताए । उनका अनुसार केन्द्रले कक्षा ६ देखि कक्षा १० सम्मका १ करोड ५० लाख पाठ्यपुस्तक छपाईको काम सम्पन्न गरी बिक्री–वितरण गरिरहेको छ ।

केही स्थानमा ढुवानीको क्रममा रहेकाले तीन दिनभित्र पुस्तक पुगिसक्ने स्पष्ट पार्दै उनले बाँकी १८ जिल्लामा वैशाख १५ सम्म पुस्तक पुग्ने बताए । पुस्तक छपाइ गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयमा पुस्तक र्पुयाउन सफल भएको झाको भनाइ छ ।

‘मेसिनको संख्या दुई थियो, तीन थप्दा पाँचवटा भयो ।
८० हजार प्रतिदिन छपाइ क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन दुई लाख ४० हजार छपाइ गर्ने क्षमतामा पुगेका छौँ ।

‘कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रूपमा मेसिन सञ्चालन गरिरहेका छौँ, ‘ उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि थप सहज भयो ।’

विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने भएपछि हर्षित भएका छन । यस बर्ष समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेपछि अभिभावक समेत सन्तुष्टी भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार